मञ्जु कार्की पाण्डे

– मञ्जु कार्की पाण्डे
जाडो याममा विविह लगायत विभिन्न चाडपर्व, पार्टी आदि पर्ने भएकाले यस्ता ठाउँमा सहभागी हुन महिलाहरुले मेकअप गर्छन। मेकअपसँधै एकै प्रकारको हुँदैन। मौसमलाई ध्यानमा राखेर यस्ता मेकअप गर्नु पर्ने हुन्छ । गर्मीमा पसिना बढी आउने, पानीले भिज्ने जस्ता समस्याका कारण ‘वाटर प्रुफ’ मेकअप गर्नुपर्छ। तर जाडोमा त्यो समस्या हुँदैन। बरु जाडोमा हावाले मेकअप सुक्ने, सुख्खा हुने जस्ता समस्य पर्ने भएकाले गर्मीको भन्दा जाडोका लागि मेकअप गर्दा सोही प्रकारका उपाय अपनाउनु पर्ने हुन्छ। अहिले जाडो मौसम भएको हुनाले अँग्रेजी नयाँ वर्षसँगै विभिन्न चाड तथा माघबाट विवाहको सिजन सुरु भएकाले पनि यस पटक यहाँ जाडोको मेकअपबारे उल्लेख गरिएको छ।

मेकअप गर्नु अघिको तयारी
– जाडोमा हाम्रो छाला सुख्खा एवं फुस्रो हुन्छ । त्यसैले मेकअप गर्नु अघि मुहारको छालालाई नरम तुल्याउन ‘क्लिन्जिङ मिल्क’ले अनुहार सफासँग धुने।
– यती गर्दा पनि छाला नरम नहुन सक्छ । त्यसैले मेकअप गर्नु अघि मुहारमा ‘मोस्चराईजर क्रिम’ लगाउने।
– जाडोमा हामी दिउँसो घाम ताप्ने, राती आगो ताप्ने गछौं । यस्तो रापले छाला नबिग्रियोस भनेर मेकअप गर्नु अघि मुहारमा ‘सनब्लक क्रिम’ लगाउने।

यसरी गर्ने जाडोका मेकअप
– अब मेकअप सुरु गर्न आबस्यक सबै मेकअपका सामग्री तयारीका साथ राख्ने।
– मेकअपको प्रारम्भमा मुहारमा ‘प्राईमर’ लगाउने।
– अब आफनो छालाको प्रकार र रँग कस्तो छ। सोही अनुसारको ‘फाउन्डेसन’ मुहारमा लगाउने। यस्तो फाउन्डेसन क्रिम र पाउडर दुबै प्रकारको हुन्छ।
– कतीपयको मुहारमा कोठी, दाग, चोट, धब्बा, चाया आदि हुन्छ। यस्तो छोप्नको लागि अब मुहारमा ‘कन्सिलर’ लगाउने।
– ब्रसको सहायताले मुहारको बनोट अनुसार मेकअप मिलाउने।

आँखाको मेकअप
– अब आँखाको मेकअप सुरु गर्ने । आफुले लगाउने पहिरनको रँग मिल्ने रँगको आईस्याडो लगाउने। आफ्नो आँखाको आकारलाई मध्यजनर गर्दै सोही अनुरुपले गाजल लगाउने । गाजललाई आँखाको तलमाथि दुबै ठाउँमा लगाउन सकिन्छ। त्यसपछि गाजलको कोष मिलाउने।
–अब आईलाईसिस (कृतिम परेला) र मस्करा लगाउने। यो प्रकृयापछि आँखाको मेकअप पनि सकिन्छ।

ओठको मेकअप
– अब ओठलाई मेकअपले सजाउने। आफुलाई मन पर्ने रँग तथा पहिरन र कार्यक्रमको स्वरुप हेरेर सोही अनुसारको लिपिस्टिक ओठमा लगाउने। लिपिस्टिक राम्ररी बसोर र ताजा देखियोस भन्नका लागि लिपिस्टिक लगाउनु पाँच मिनट अघि ओठमा लिपबाम लगाउने।
– लिपिस्टिक लगाउँदा ओठ सानो छ भने ओठको केही बाहिरी भागबाट लाईनर कोरेर लगाउने। यसो गर्दा ओठ केही ठुलो देखिन्छ । यदी ओठ अलिक ठुलो र भद्दा छ भने ओठको केही भित्री भागबाट लाईनर कोरेर लिपिस्टिक लगाउने । यसो गर्दा ओठा सानो देखिन्छ।
– लिपिस्टिक लगाएपछि त्यसलाई अझ ताजा देखाउन ब्लसर लगाउने।

अन्त्यमा
– जाडोमा मेकअप धेरै सुख्खा नहोस, नबिग्रियोस, हावाले मेकअपलाई असर नपारोस भनेर मेकअपको अन्तिममा ‘मेकअप फिक्सर’ लगाउने। यसो गर्दा मेकअप धेरै बेरसम्म टिक्छ र ताजा देखिन्छ।