सुन्दर आँखी भौं बनाउने तरिका


व्युटी टिप्स्

सरिता भारती 
व्युटी न्युज नेपाल

आजकाल आँखी भौं (आई ब्रो) लाई विभिन्न डिजाईन बनाउने क्रम बढेको छ । जसलाई आई ब्रो फेशन समेत भनिन्छ । आई ब्रो फेशनका कारण प्राकृतिकसँगै कृतिम आँखी भौंको प्रयोग पनि बढेको छ । आँखी भौंलाई थ्रेडिङ गरेर, कलरिङ गरेर, सेभिङ गरेर यसलाई विभिन्न आकारमा ढाल्न थालिएको छ । कतीपयको आँखी भौंको रौं हुँदैन । यस्तो अबस्थामा दीर्घकालिन रुपमा आँखी भौं जस्तो देखिने टाटु खोपेर, तथा कृतिम रौं राखेर पनि आँखी भौंको सृँगार गरिन्छ । आँखाको बाह्य आवरणलाई सुन्दर बनाउन आँखी भौंको पनि विभिन्न डिजाईनमा सृँगार थालिएको छ । त्यसैले यहाँ आँखी भौंको सजाबटबारे जानकारी गराईएको छ ।

अभिनेत्री प्रियँकाकाे सुन्दर अाँखी भाैं ।

– आँखी भौंलाई सही आकार दिन थ्रेडिङको सहायता लिने । यो प्रकृया अन्तर्गत धागोले आँखी भौंको अनाबस्यक रौं हटाउने काम गरिन्छ ।

– यसरी आफुलाई मन परेको डिजाईन अनुसारको थ्रेडिङ गराएर आँखी भौंलाई सुन्दर बनाउन सकिन्छ । यो प्रकृयाले आँखी भौंको अनाबस्य रौं हटाई आफुले चाहे अनुसारको आकार तथा डिजाईन दिन सक्छौं ।

– आँखी भौं लाई सही आकार दिएर आँखालाई सुन्दर बनाउन थ्रेडिङ जस्तै सेभिङ तथा प्लकिङको प्रयोग पनि गर्न सकिन्छ । यो प्रकृयाबाट अनाबस्यक आँखी भौंको रौं काटेर सही आकारमा ल्याई आँखी भौंलाई सुन्दर बनाउन सकिन्छ ।

– कतीपयको आँखी भौं साह्रै पातलो तथा सानो हुने गर्दछ । विभिन्न समस्याले गर्दा  कसैकाे त आँखी भौं झरेर नभएको अबस्था पनि देख्ने गरिन्छ । यस्तो अबस्थामा आँखी भौं हुनु पर्ने ठाउँमा खाली छ तथा साह्रै पातलो राैं छ भने पेन्सिलले कोरेर पनि केही हदसम्म आँखी भौंको रुप जस्तो दिन सकिन्छ ।

– यस्तै आँखी भौं नभएको ठाउँमा टाटु खोपेर आँखी भौंको रुप दिई आँखाको आबरणलाई सुन्दर तुल्याउन सकिन्छ । आजकाल कृतिम आँखी भौंको प्रयोग गरेर पनि सो समस्यालाई हल गर्न सकिन्छ ।