यसरी गरिन्छ गहनाको हेरचाह

ब्युटी न्युज नेपाल जयन सुब्बा मानन्धर
काठमाडौं, २२ बैशाख

गहना नारीको  श्रृँगार हो । नारीहरुको सौन्दर्यमा गरगहनाले ठुलो भूमिका खेलेको हुन्छ । आफ्नो सौन्दर्यको कमी लुकाउन, सौन्दर्यलाई कायम राख्न पनि नारीहरु गरगहनाहरु प्रयोग  गर्छन् । त्यसको लागि गहनाको पनि जतन गर्न जरुरी हुन्छ । गहनाको चमक तबसम्म कायम रहन्छ जबसम्म सुन्दर देखिन्छ । यदि गहनाको सफाईमा ध्यान नपुर्याए यसको चमक पनि बिस्तारै कम हुँदै जाने हुन्छ । त्यसैले गहनाको सफाई नियमित रुपले गर्नु पर्ने हुन्छ । यसलाई राम्ररी पेक गरेर जतन गर्नाले गहनाहरुको चमक सधैँ कायम रहने हुन्छ । आफुले चाहेको बेलामा बिवाह,भोज एव बिशेष अवसरहरुमा प्रयोग गर्न सकिन्छ । बिवाह एव बिशेष अवसरहरुको लागी गरगहना किन्नु हुँदैछ र गरगहनालाई कसरी राम्ररी राख्ने? भन्ने बारेमा चिन्तित हुनु हुन्छ भने यसको लागि केही टिप्सहरु थाहा पाई राखौ :

सुनको गहनाको हेरचाह 
सुनको गहना सफा गर्नुको लागि तपाईं भाडा धुने लिक्विड प्रयोग गर्न सक्नु हुन्छ । सबभन्दा पहिला फिज बनाउने तर त्यसपछि टुथब्रसले सफा गर्ने । गहनालाई हल्का मनतातो पानीमा भिजाएर राख्ने किनकी यसले गहनाको फोहोर निकाल्ने हुन्छ । त्यसपछि पानीबाट गहनालाई निकालेर नरम कपडाले सफा गरेर ड्राई बनाउने र गहनालाई नरम कपडाले बेरेर राख्ने । अझै गहनाको चमक आएन भने ज्वेलरी क्लिनर प्रयोग गर्नु पर्ने हुन्छ । सुनको गहना दिनहुँ प्रयोग गर्नाले कम्जोर हुनुका साथै चमक कम हुने हुन्छ । त्यसैले गहनाहरु फेरबदल गरेर प्रयोग गर्नु पर्छ ,एउटै गहनाहरु मात्र प्रयोग गर्नु हुँदैन । सुनको गहना प्रयोग गरेपछि राख्नु भन्दा अगाडि यसलाई नरम कपडामा बेरेर सेलोफेन पेपरले बेरेर राख्नु पर्छ ।
सेलोफेन पेपरले लकरको अक्साइड मटरियलबाट गहनालाई सुरक्षा प्रदान गर्ने हुन्छ्रसुनको गहनालाई क्लोरिन देखि टाढा राख्नु पर्ने हुन्छ किनकी यसले सुनको गहनालाई कमजोर बनाउछ ,जसले गर्दा भाचिने डर हुन्छ । स्वीमिंगपुलमा क्लोरिंन हुने भएकोले गर्नु अघि गहना निकाल्नु पर्ने हुन्छ्र गहना सफा गर्नुको लागि बजारमा धेरै किसिमको प्रोडक्टहरु पाइन्छ यसमा कुनै कुनै प्रोडक्टले गहनालाई कमजोर बनाउने हुन्छ किनकी यस्ता प्रोडक्टहरुमा एसिड मिस्रित हुने भएकोले सफाईको लागि प्रयोग गर्दा सावधानी अपनाउन आवशयक हुन्छ । स्क्रेच हुन बाट जोगाउन गहनालाई छुट्टै ठाउँमा स्टोर गर्नु पर्ने हुन्छ्रस्टोर गर्दा कपास, टिस्यु पेपर एव नरम कपडामा बेरेर राख्नु पर्छ । भेल्भेट कपडामा गहना राख्नाले गहना चमकदार हुने गर्दछ । गहना स्टोर गर्ने सबैभन्दा राम्रो ज्वेलरी बक्स नै हो । समय समयमा गहना ठिक छ छैन भनेर चेक गर्नु पर्छ । यदि कुनै गहना कमजोर एव चमक कम हुनथाल्यो भने गहनापसलमा लगेर जांच गराउनु पर्ने हुन्छ ।

डायमण्ड ज्वेलरी केयर
डायमण्डको गहनाहरु रिंग नेक्लेश, या अन्य ज्वेलरी चाडै भाचिने एव क्रेक हुने भएकोले सफाई गर्दा बिशेष ध्यान दिनु पर्ने हुन्छ । त्यसैले डायमण्डको गहना सफा गर्दा सफ्ट ब्रश, साबुन एव पानीको प्रयोग गर्नु पर्छ । यदि यसको लागि स्पेशल ब्रश तपाईंसंग छैन भने आइब्रो या लिपस्टिक ब्रशको प्रयोग गर्न सक्नु हुन्छ । किनकी यो नरम एव सानो हुने भएकोले सानो सानो गहना पनि सजिलैसँग सफा गर्न सकिन्छ । डायमण्डलाई क्लोरिन, अमेथिस्ट, एव घामको अल्ट्रावायलेट किरण देखि जोगाएर राख्नु जरुरी हुन्छ । यसले कलर उड्न सक्छ ।

महँगो मोतिको गहना
आफुसँग भएको महँगो मोतिको गहना पुन एकचोटी शिल्क एव नायलनको धागोमा उन्ने । किनकी यसले मोतिको गहना बलियो एव शेपमा रहने हुन्छ । पर्ल ज्वेलरी सफा एव आकर्षक रहिरहोस भन्नको लागि मेकअप एव पर्फ्युम लगाइसकेपछि मात्र पर्ल ज्वेलरी लगाउनु पर्छ । साथै हेन्ड या बडी क्रीम लगाउनु पर्ल ज्वेलरी र औठी निकाल्नु पर्दछ । मोतिको गहना प्रयोग गरिसकेपछि जति चाडो हुन्छ । त्यति नै चाडो निकाल्ने । कपडा धेरै नै हलुका, भिजेको या सुखा हुनपर्छ यदि भिजेको छ भने पहिला हावामा सुकाउने र त्यसपछि मात्र पर्ल ज्वेलरी स्टोर गर्ने । माइल्ड साबुन एव पानीको सोल्युसन पर्ल ज्वेलरी सफा गर्नु हुँदैन । त्यस्तै अल्ट्रासनिक क्लिनर, हार्ड क्लिनर एव हार्ड क्लोथले पर्ल ज्वेलरीको सफाई गर्नु हुँदैन । मोतिको गहनामा साबुन, तेल, पाउडर र पर्फ्युम पनि लगाउनु हुँदैन ।

तस्बिर : लेशेश मेकअप स्टुडियो