सुमित्रा, कुमुद सहित विभिन्न व्यक्तिहरु सम्मानित

व्युटी न्युज नेपाल
काठमाडौं, ३० असार
सामाजिक धार्मिक, सांस्कृतिक लगायत विभिन्न सामाजिक सेवामा सक्रिय सुमित्रा बस्नेत काठमाडौंमा शनिबार सम्मानित भएकी छिन् । सत् विचार मासिकको नवौं वर्षिक उत्सबको अबसरमा उनलाई सम्मानित गरिएको हो ।

स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले बस्नेतलाई दुई दशक भन्दा लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेको भन्दै सम्मान गरेकी हुन् । सुमित्रा बस्नेत, धार्मिक, सांस्कृतिक संरक्षण अभियानमा सक्रिय महिलाको रुपमा किर्तीपुर क्षेत्रमा परिचित छिन् । उनको यही योगदानको कदरस्वरुप सो सम्मान प्रदान गरिएको हो ।

सुमित्रा बस्नेत सहित सो कार्यक्रममा आयोजक संस्थाका तर्फबाट विभिन्न व्यक्तिहरु सम्मानित भए । काठमाडौंको सानो भर्याङ्मा सन २०१३ देखि ‘हाईड एन्ड सिक किन्डर गार्डेन एन्ड टिचर्स ट्रेनिङ सेन्टर’ सञ्चन गर्दै आएकी हाईड एन्ड किन्डर गर्डेनकी संस्थापक प्रिन्सपल कुमुद छतकुली भट्ट पनि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै सम्मानित भईन् ।

ने क पाकी सांसद जुली कुमारी महतोले राजनीतिकसँगै विभिन्न समाजिक क्षेत्रका ससक्त योगदान पुर्याएको भन्दै आयोजकका तर्फबाट सम्मानित गरिएको थियो । कार्यक्रममा शिक्षा, स्वास्थ्य, आर्थ, बाणिज्य, बैंकिङ, राजनीतिक, इन्जिनियरिङ लगायत विविध क्षेत्रका दुई दर्जन भन्दा बढी व्यक्तिहरु सो कार्यक्रममा सम्मानित भए ।

आयोजक सिताराम कार्कीले व्यक्तिहरुलाई राम्रो गर्न प्रेरणा मिलोस भनेर केही वर्ष यताबाट आफुले सम्मान आयोजना गर्र्दै आएको बताए ।

सम्मान पछि विविध सांस्कृतिक कार्यक्रम गरियो । जसमा राहुल श्रेष्ठको गायनसँगै नृत्य आकर्षक थियो । अन्य कलाकारले पनि कार्यक्रममा नृत्य एवम् गायन प्रस्तुत गरे ।