मदन पुरस्कार-२०७४ को मनोनयनमा यी ८ पुस्तक

व्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

२०७५ सालमा प्रदान गरिने २०७४ सालको मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक चयन भएका छन् ।

गुठीलाई २०७४ सालमा प्राप्त भएका २५३ भएकामध्ये पुस्कार छनौट समितिले आठओटा पुस्तक मनोनयनका लागि चयन गरेको मदन पुस्तकालयका अध्यक्ष कुन्द दिक्षितले बिज्ञप्ति मार्फत जनाएका छन् ।

बिज्ञप्ति अनुसार मदन पुरस्कार गुठीले सोमबार ती आठवटा पुस्तकको सूचीसहित यस वर्षको पुरस्कारका लागि मनोनयन सार्वजनिक गरेको हो ।

यसपटक मदन पुरस्कारका लागि आख्यान र गैरआख्यान दुवै विधाका पुस्तक परेका छन् । गैरआख्यानतर्फ माओवादी नेता मोहन वैद्य ‘किरण’को विचारपरक पुस्तक ‘हिमाली दर्शन’ पुस्तक परेको छ । कम्युनिष्ट सिद्धान्तका बारेमा यो पुस्तक केन्द्रित छ ।

यस्तै, पत्रकार यज्ञशद्वारा लिखित फाइन प्रिन्टको जीवनीपरक पुस्तक ‘भुइँया’, फाइन प्रिन्टले नै प्रकाशन गरेको नयनराज पाण्डे लिखित स्मरणप्रधान पुस्तक ‘यार’ पनि मनोनयनमा परेको छ ।

आख्यानतर्फ बुकहिलबाट प्रकाशित दुई पुस्तक सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’सँगै निलम कार्की निहारिकाको सांग्रिला बुक्सबाट प्रकाशित उपन्यास ‘योगमाया’ मनोनयनमा परेको छ ।

मदन पुरस्कारकै लागि कथातर्फ सांग्रिला बुक्सबाटै प्रकाशित ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ मनोनयनमा परेको छ । काव्यतर्फ कविराज माङलाक लिखित तथा शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रह ‘लिम्बुनी गाउँ’ मनोनयनमा परेको छ । मदन पुरस्कार आगामी असोजको दोस्रो साता प्रदान गरिनेछ ।