ज्योती मगरसँग लाहुरे बने अभिनेता राज

ब्युटी न्युज नेपाल
काठमाडौं, ८ फागुन

अभिनेता राज क्षितित गायकको रुपमा पनि देखिएका छन् । करिव दर्जन फिल्ममा नायकको भुमिका निर्वाह गरेका उनी चलचित्रबाट गायनमा पनि आएका छन् ।

नयाँ गीत ‘लाहुरे…’ मार्फत उनी गायनमा आएका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ । यो लोक गीत हो । गीतमा राजलाई हट गायिका ज्योती मगरले साथ दिएकी छन् ।

कार्यक्रममा गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायतले उनको गीत सार्वजनिक गरे ।

गायक तथा अभिनेता राजले आफ्नो सानैदेखिको गायनको प्यास मेटाउन लोक गीत गाएको बताए । उनले यो गीत सुरुवात भएको बताउदै आगामी दिन यो भन्दा पनि राम्रा गीत संगीत दिने बाचा गरे ।

सो क्रममा यो गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ ।

गायक राजकै शब्द रहेको गीतमा लय नविन रावलको रहेको छ । विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृती र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ ।
भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् ।