मेहेन्दी र यसको प्रयोग

ब्युटी टिप्स्

– सोनी कारंजित
बरिष्ट ब्युटिसियन
अध्यक्ष – रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, रविभवन, काठमाडौं

साउन महिनामा मेहेन्दी लगाउने प्रचलयन युगौंदेखि चल्दै आएको छ । साउनमा मेहन्दी लगाउनुको बैज्ञानिक कारण पनि छ । मेहेन्दीले हातमा एलर्जी हुन नदिने, यसले छातको छालालाई ढाक्ने हुँदा पानी र हिलोको असरबाट हात जोगाउने र हातलाई सुन्दर बनाई राख्ने जस्ता फाईदा छ । त्यसैले अहिले साउन महिना भएकाले नेपाली तथा भारतीय चेलीबेटीहरुले आफ्नो हात खुट्टामा मेहेन्दीको प्रयोग गरेर विभिन्न किसिमका आकर्षक बुट्टा बनाएर हात खुट्टालाई मेहेन्दीले सजाउने गरेका छन् । हामीले यसै अबसरमा मेहन्दीको छनौट र यसलाई प्रयोग गर्ने तरिका यहाँ उल्लेख गरेका छौं । मेहेन्दी लगाउँदा छान्न सजिलो होस भनेर मेहेन्दीको प्रकारबारे यहाँ उल्लेख गरिएको छ ।

मेहेन्दीको प्रकार
– अरबिक मेहेन्दी
– कोहिनुर अरबिक मेहेन्दी
– जात वान अरबिक मेहेन्दी
– जात वान अरबिक मेहेन्दी
– फेन्सी अरबिक मेहेन्दी
– राजस्थानी मेहेन्दी
– गोल्डेन मेहेन्दी
– रिभर्स मेहेन्दी
– कारग्रीक मेहेन्दी
– दुल्हन मेहेन्दी
– फेब्रिक मेहेन्दी
– बर–बधु मेहेन्दी
– रातो (रेड) मेहेन्दी
– खैरो (ब्राउन) मेहेन्दी
– कालो (ब्लाक) मेहेन्दी
– जारा मेहेन्दी
– स्विकर मेहेन्दी
– नेचिरा अरबिक मेहेन्दी

 

मेहेन्दीमा मिसावट र यसबाट जोगिने उपाए

यी मेहेन्दीहरु बजारमा किन्न पाईन्छ । आजकाल मेहेन्दीमा मिसाबाटको ठुलो समस्या छ । मुख्यतया मेहेन्दीलाई गाढा बनाउन डिजेल, पेट्रोल, लगायत विभिन्न रसायन मिसाईने हुँदा बजारमा तयार पारिएको मेहेन्दी प्रयोग नगर्नु नै बुद्धिमानी हो । किनकी यस्ता रसायनले छालालाई असर गर्नुको साथै क्यान्सर पनि निम्त्याउन सक्छ ।

यस्ता मेहेन्दीमा रसायन (केमिकल)को मिसावट छ की छैन भनेर जान्न आबस्यक छ । किनकी रसायन मिसावटयुक्त मेहेन्दीको प्रयोगले छालामा एलर्जी सहित तत्काल पनि विभिन्न समस्या निम्त्याउँछु । अत ः मेहेन्दी छान्दा रसायन मिसाबट नभएको नभएको प्राकृतिक मेहेन्दी नै छान्न सक्नु पर्छ ।

मेहेन्दीलाई छान्ने तरिका

आजकाल तयारी मेहन्दी किन्न पाईन्छ । बजारमा पाईने तयारी मेहेन्दीलाई तत्तिकै प्रयोग गर्दा त्यो राम्ररी नबस्न सक्छ । त्यसैले मेहेन्दीलाई प्रयोग गर्नु अघि छान्नु आबस्यक छ । मेहेन्दीलाई यसरी छान्ने गरौं ।

क) पाउडर मेहेन्दीलाई पातलो मलमलको कपडामा राखी छान्ने । त्यसपछि यसलाई भिजाएर प्रयोग गर्ने ।
ख) यसरी छानिसकेपछि मेहेन्दी पाउडरलाई भिजाउने । यसलाई भोलिपल्ट कोणमा हाल्नु अघि चिया छान्नेले छानेर कोणमा भर्ने र प्रयोग गर्ने ।

छानेको मेहेन्दी यसरी प्रयोग गर्ने

– एक चम्चा चियापत्ती पहिला २० ग्राम जती पानीमा उमालेर धेरै गाढा बनाउने । अझ त्यसमो डेढ चम्चा कफी, एक चम्चा चिनी वा एक चम्चा सख्खर, डेढ चम्चा कागतीको रस मिसाई उमाल्ने । त्यसपछि सो पानीलाई राम्ररी छानेर आबस्यकक्ता अनुसार मेहेन्दी पाउडरलाई पानीमा मिसाउने । अब यसलाई घोलेर लेदो बनाई एउटा भाँडोमा राख्ने र दुई चार घन्टासम्म छोपेर राख्ने ।

– तयार मेहेन्दीमा यसपछि दुई चार थोपा मेहेन्दीको तेल मिसाउने र राम्रोसँग घोल तयार पारी मेहेन्दीको कोणमा राख्ने । कोण बनाउँदा नबिग्रियोस भनेर कोणको वरीपरी सेलो टेपले राम्ररी बेर्ने ।

– डिटोल पानी तथा मनतातो पानीले अब हातखुट्ट राम्ररी सफा गर्ने । यसपछि हात खुट्टालाई सुख्खा बनाउने । अब आबस्यकक्ता अनुसार बुट्टा बनाउने ।

– हात खुट्टामा मेहेन्दीको बुट्ट बनाएपछि करिब पाँच÷सात घन्टासम्म त्यसलाई नचलाउने । मेहन्दी राम्ररी सकेपछि पाँच÷सात घन्टापछि बल्ल मेहेन्दीको बाहिरीको सुकेको भाग हटाउने । यसरी हटाउने क्रममा मेहेन्दीलाई तोरीको तेलले पहिला हलुका भिजाई ब्लान्ट नाईफको सहायतले मेहेन्दीलाई विस्तारै खुर्केर निकालिदिने । मेहेन्दी हटाएको पाँच÷सात घन्टासम्म पानी नचलाउने । यसरी घरमै हामी आफुले चाहे अनुसारको मेहेन्दीको बुट्टा बनाएर आफुलाई सुन्दर बनाउन सक्छौं । यही तरिका अपनाएर घरमै बसी बसी मेहेन्दीको प्रयोग गर्न अब यहाँहरुले पक्कै सक्नु हुनेछ ।