रिलिज भयो ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ वैशाख

गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको नयाँ गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक भएको छ । यी दुई कलाकारको मिठो स्वरमा रहेको यो मर्मश्पर्शी गीतमा शब्द द्रोण अधिकारी, संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी, रेकर्डिस्ट लक्ष्मण सेन्चुरी, मिक्सिङरमास्टरिङः बिमल चिनालको रहेको छ ।

गीतको भिडियोमा सम्पादनररङः क्रान्ति केसी, छायांकन अजय रेग्मीको रहेको गीतको भिडियोमा विक्रम थापा, स्मरिका ढकाल, एन्जिला खत्री,इन्द्रप्रसाद ढकाल, द्रोण अधिकारीको जिवन्त अभिनय रहेको छ ।

भोल्युम अन एण्ड स्नो फल इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को निर्माण प्रबन्धक राजेन्द्र ठकुरी र विदेश केसी रहेका छन् । यसको निर्देशक क्रान्ति केसी हुन् ।