अनिता यादव बनिन द मिसेस नेशनल २०२३


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

ललितपुरमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा अनिता यादव द मिसेस नेशनल २०२३ घोषित भईन् । क्रिजोना मिडिया गु्रप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा बिबाहित महिलाहरुबीच आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिता द मिसेस नेशनल २०२३ को उपाधि हाँसिल गरेकी हुन् । उनले भ्युवर्स च्वाईस अवार्ड पनि प्राप्त गरिन् । लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समिक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भए ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता भए।

प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्था क्रिजोना मिडिया गु्रप प्रालिद्वा प्रवन्ध निर्देशक तथा कोरियोग्राफी लभिन अन्सारीले विवाहित महिलाहरुलाई घर बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्र्तनिहीत प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्येश्यले द मिसेस नेशनलको आयोजना गरिएको बताए ।