स्पेस एण्ड डिजाइन एक्सोमा सजिना सुवालको डिजाईन उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

‘स्पेस एण्ड डिजाइन एक्स्पो’मा सहभागी मध्ये सजिना सुवालले उत्कृष्ट इन्टेरियर डिजाईनरको उपाधि जितेकी छिन् । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंको कमलपोखरी स्थित सिटीसेन्टर भुईँतलामा आयोजनमा एक्स्पोमा उनले सो उपाधि सहित १२ हजार रुपैयाँ र पुरस्कार हाँसिल गरेकी छिन् । आईआईएफटीमा अध्यनरत छात्र छात्रा हरुले सो प्रदर्शनीमा आफ्नो डिजाईन प्रस्तुत गरेका थिए ।

उनीहरुको प्रतियोगितात्मक एक्स्पोमा इन्टरियरहरुको छाता संगठन आइडिया नेपालका पधाधिकारीहरु निर्णायक थिए । सो प्रतिस्पर्धामा पबिन कार्की र स्वस्तिका राजभण्डारी क्रमस दितिय र तृतीय भएका छन् । यस्तै पब्लिक च्वाईसको अवार्ड दीक्षित खड्काले जितेकी छिन् । प्रतियोगितामा द्धितीय र तृतीय हुनेले क्रमश १० हजार रुपैयाँ, ८ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

प्रदर्शनीको समापन समारोहमा पुर्वमन्त्री भीमसेन दास प्रधान, साँसद माननीय संसद प्रदिप पौडेलले विजेतहरुलाई नगद तथा ट्रफी वितरण प्रदान गरे । बिजेताहरुलाई नेपोभीट टैल्सको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।

‘यो आईआईएफटीले पहिलो पटक आयोजना गरेको स्पेस एण्ड डिजाइन एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएकी छु,’ आईआईएफटीकी निर्देशक बिपना थापाले भनिन् ।

यसपटक ‘स्पेस एण्ड डिजाइन एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले आ–आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राखेको थिए । दुईदिनसम्म हजारौंले सो प्रदर्शनीमा इन्टेरियर डिजाईन अबलोकन गरे । प्रदर्शनीमा २८ वटा फरक शैलीको क्याफे रेष्टुरेन्टको डिजाईन राखिएको थियो ।

आईआईएफटीबाट हालसम्म चार ब्याचले इन्टेरियर डिजाईन सिकेको र उनीहरुको कला प्रवर्धन गर्न यो प्रदर्शनी आयोजना गरिएको आईआईएफटीका म्यानेजिङ डिरेक्टर फुपु तेन्जिङ शेर्पाले ब्युटी न्युज नेपाललाई बताए ।