आईआईएफटीको स्पेश एन्ड डिजाईनको मिस नेपालद्धारा उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

स्कुल अफ फेसन एन्ड इन्टरियर डिजाईन ‘आईआईएफटी’को आयोजनामा पहिलो पटक ‘स्पेश एन्ड डिजाईन एक्सपो’ काठमाडौंमा कमलपोखरी स्थित सिटीसेन्टरको भुईँतलामा शुक्रबार बिहानबाट सुरु भएको छ ।

शनिबार बेलुकासम्म चल्ने यो प्रदर्शनीलाई मिस नेपाल वल्र्ड २०२३ श्रच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रैना मजगैयाँ र मिस नेपाल इन्टरनेशलन २०२३ प्रसिद्धी शाहले यो प्रदर्शनीको शुक्रबार बिहान सँयुक्त उद्घाटन गरे ।

यो प्रदर्शनीमा आईआईएफटीमा इन्टेरियर डिजाईन सिकेका २८ जना विधार्थीले आफुद्धारा तयार पारिएको क्याफे रेष्टुरेन्टको डिजाईन प्रदर्शन गरेका छन् । त्यो डिजाईन हेरेर इच्छुकले सोही डिजाईन अनुसारको क्याफे खोल्न सक्ने विश्वास आयोजक संस्थाका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाको छ,‘यहाँबाट यो सहित चार वटा समुहले इन्टेरियर डिजाईनमा डिप्लोमा सम्पन्न गरिसकेको छ । उनीहरुको यो पहिलो प्रदर्शनी हो र यसले उनीहरुको इन्टेरियर डिजाईन व्यबसायिक रुपमा बाहिर आएको छ ।’ शेर्पाले भने ।

आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापाले विधार्थीहरुको दक्षता प्रदर्शनीको लागि यो प्रदर्शनी आयोजना गरिएको बताईन् । उनका अनुसार यो एक्सपोमा उत्कृष्ट हुनेले १२ हजार रुपैयाँ, प्रथम हुनेले १० हजार रुपैयाँ र द्धितीय हुने डिजाईनका डिजाईनरले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो प्रदर्शनी त्यहाँ शनिबार बेलुका पाँच बजेसम्म चल्ने पनि थापाले बताएकी छिन् ।

बिगत ७ वर्षदेखि काठमाडौंका बागबाजर र ललितपुरको कुमारीबाटीमा सञ्चिालित आईआईएफटीले फेशन डिजाईन र इन्टेरियर डिजाईनको डिप्लोमा कोर्स पढाउँदै आएको छ ।