एउटै स्टेजमा छानिए ४ विजेता


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ असोज

एउटै स्टेजमा ४ विजेता छानिएका छन् । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ को मञ्चमा सिनियर र जुनियर कोटा र केटी गरेर एकसाथ ४ विजेता चुनिएका हुन् ।

प्रतियोगीताको जुनियर केटा तर्फ एलभिन प्रजापति र सिनियर केटा तर्फ सुभांक हुमागाई विजेता बन्दा केटी तर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियर तर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए ।

होटल सारथी रिसोर्ट धुलिखेलमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटा तफ रुक्सन न्यौपाने फष्टरनअफ र विनिस तामाङ सेकन्ड रनरअप चुँनिदा सिनियर कोटातर्फ वाङ्जु लामा फष्टरनरअफ र आरएस कार्की सेकेन्ड रनरअफ भए ।

प्रतियोगीतामा जुनियर केटीतर्फ रिमा महतो फष्ट रनरअप र जेनिफर पराजुली सेकेन्ड रनरअप घोषित हँुदा सिनियर केटी तर्फ बन्दिका न्यौपाने फष्ट रनर अफ र आयुसा रायमाझी सेकेन्ड रनरअप भइन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा इन्दु थापा (कार्यकारी निर्देशक तथा प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), अशोक पाण्डे (निर्देशक तथा प्रिन्सिपल सेमरक निष्ट वल्र्ड स्कुल), डा. केबी मानन्धर (सह–प्राध्यापक काठमाडौं युनिभर्सिटी), सन्त कुमार श्रेष्ठ (भाइस प्रिन्सिपल काभ्रे इङ्लिस सेकेन्डरी स्कुल), रजना प्रधान श्रेष्ठ ( फाउन्डर तथा प्रिन्सिपल बालबाटिका बिद्यामन्दिर हायर सेकेन्डरी स्कुल), लव कार्की (संचारकर्मी) लगायत निर्णायक रहेका थिए ।