बालकृष्ण पोखरेल मलेशियामा नेशनल इभेन्ट डिरेक्टर सम्मानबाट सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ साउन

नेपालमा एक दर्जन भन्दा बढी राष्ट्रिय इभेन्टलाई आफ्नो निर्देशनमा सार्थक तुल्याउन सफल इभेन्ट निर्देशक बालकृष्ण पोखरेल मलेसियामा सम्मानित भएका छन् । उनी त्यहाँ ‘नेशनल ईभेन्ट डिरेक्टर सम्मान’ बाट सम्मानित भएका हुन् ।

मलेशियाको क्वालालाम्पुरमा रहेको ग्राण्ड कन्टिनेन्टल होटेलमा प्रशंसा म्युजिक र प्रियसी म्युजिकको सहकार्यमा आयोजना गरिएको ‘प्रशंसा म्युजिक अवार्ड तथा अनर्स २०८०’ समारोहमा बालकृष्ण पोखरेल सम्मानित भएका हुन । लामो समय देखि हस्पिटालिटी तथा टुरिजेम क्षेत्रमा निरन्तर योगदान दिँदै आएका पोखरेल इभेन्ट निर्देशकका रुपमा पनि त्यत्तिकै सफल भएकाले उनलाई यो सम्मानबाट सम्मानित गरिएको कार्यक्रमका सभापति राजेन्द्र पुरीले सो समारोहमा बताए ।

समारोहमा उनलाई मलेसियन नागरिक, व्यवसायी तथा समाजसेवी महेश मुस, प्रियसी म्युजिकका सिईओ राजेन्द्र पुरीलगायतले सो सम्मानबाट सम्मानित गरेका हुन् । सोही समारोहमा २५ जना भन्दा बढी कलाकार तथा समाजसेवीहरु पनि सम्मानित तथा अवार्ड जित्न सफल भएका थिए ।

यसरी नेशनल इभेन्ट डिरेक्टर सम्मानबाट सम्मानित पोखरेलले आठ वर्ष अघि मिस टिन एसएलसी २०१५ आफ्नो निर्देशनमा भव्यताका साथ सम्पन्न गर्दै इभेन्ट निर्देशनको यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि यो यात्रामा उनले एकपछि अर्को इभेन्ट गर्दै निरन्तर सफलता हाँसिल गर्दै आएका छन् ।

आफु होटल, हस्पिटालिटी तथा टुरिजम व्यबसायमा समेत सफल भएका कारण उनले मिस टिन टुरिजम, मिसेस नेपाल टुरिजम, मिस ग्लोबल इन्टरनेशलन जस्ता इभेन्टको पनि सार्थक पूर्वक इभेन्ट निर्देशन गर्दै आएका छन् । यी सहित अन्य एक दर्जन इभेन्टको निर्देशन हरेक वर्ष गर्दै आएका राष्टिय इभेन्ट निर्देशक बालकृष्ण पोखरेललाई यो क्षेत्रमा अब्बल इभेन्ट निर्देशकको रुपमा परिचित छन् ।