धिरजकाजि र गजल बने मिस्टर एण्ड मिस नेशन नेपाल २०२३


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

मिस्टर एण्ड मिस नेशन नेपाल २०२३ को ताज काठमाडौंका धिरजकाजि बस्नेत र जनकपुरकी गजल कर्णले हाँसिल गरेका छन् ।

आई डु इभेण्टले आयोजना गरेको प्रतियोगितामा नेपालका विभिन्न भूभाग बाट छानिएर आएका १७ जना प्रतिस्प्धीलाई उछिन्दै धिरजकाजि  र गजलले मिस्टर एण्ड मिस नेसन नेपाल २०२३ को उपाधि हाँसिल गरेका हुन् । विजेताले जनही रु ५० हजार बराबरको पुरस्कार पनि पाएका छन् ।

प्रतियोगितामा फस्ट रनरअप मिस्टर त्रिवेनी पराजुली र मिस दर्पण बस्नेत भएका छन् भने सेकेण्ड रनरअप मिस्टर निर्जल घिमिरे र मिस मारीना ढुंगेल घोषित भए । प्रतियोगितामा भ्युअर्स च्वाईस अवार्ड धिरजकाजि बस्नेत र माहि श्रीवास्तवले पाए ।

मिस्टर एण्ड मिस नेशन प्रतियोगितामा बेस्ट पर्सनालिटी मिस्टर निर्जल घिमिरे र मिस मारिना ढुंगेल, मिस्टर एन्ड मिस कन्फिडेन्ट सुजेन्द्र तामाङ, कनिशा कुमारी, बेस्ट वाल्क मिस्टर त्रिवेनी पराजुली, मिस बिनिता शाही, मिस्टर एन्ड मिस फोटोजेनिक रोहन लाखे, दर्पण बस्नेत, मिस्टर एण्ड मिस ट्यालेन्ट धिरज काजि बस्नेत, बबिना नेपाली र मिस्टर एण्ड मिस पपुलर धिरजकाजि बस्नेत, माही श्रीवास्तव घोषित भए ।

बानेश्वर शंखमुलमा अवस्थित अनमोल व्यानकेट मा आयोजित मिस्टर एण्ड मिस नेशन नेपाल २०२३ को निर्णायक मण्डलमा म्यान हन्ट नेपाल २०१८ ध्रुव बुढाथोकी, मिस नेपाल इन्टरनेसनल २०२२ नान्सी खड्का, माउंट एभरेष्ट आरोहण गर्नु हुने विश्वको प्रथम प्रहरी अधिकारी पुरुषोतम सानु रहेका थिए । कार्यक्रमको अफिसियल कोरियोग्राफर सुजीत वसियाल रहेका थिए भने असिस्टेन्ट कोरियोग्राफर सन्तोष थापा थिए ।

कार्यक्रमको सञ्चालन रोहित भट्टले गरेका थिए । एल यस डिजाइन, मुस्कान कार्की, स्यमुयाल लगायत बिभिन्न फेसन डिजइनरले तयार पारेको पहिरणहरुमा सहभागीहरू मञ्चमा उत्रिएका थिए ।