जय भोलेमा खगेन्द्रले हसाउँदा हसाउँदै रुवाउने


व्युटी न्युज नेपाल
काठमाडौं, २६ असोज

चलचित्र जय भोलेमा आफुले दर्शकलाई हँसाउने क्रममा रुवाउने  यसका अभिनेता खगेन्द्र लामिछानेले बताएका छन् । यो फिल्म ३० असोज फुलपातीबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । जय भोलेमा लामिछानेले आफू यसपटक हास्यप्रधान भूमिकामा भएको बताएका छन् । जती हास्य प्रधान छ आफ्नो भूमिका त्यत्तिकै गम्भिर भएको पनि उनको कथन छ ।

चलचित्र जय भोले खगेन्द्रको लेखनमा तयार भएको हो । आफुहरुले करिब एक वर्षको अभ्यास पछि यो चलचित्रको स्कृप्ट तयार गरेको पनि खगेन्द्रले बताए । अशोक शर्मा जस्तो व्यबसायी निर्मातासँग काम गर्न निकै सजिलो भएको र दर्शकलाई हँसाउँदै रुहाउने चलचित्र जय भोले बनेको पनि यी अभिनेताले बताए ।

खगेन्द्रले विगतका चलचित्रमा गम्भीर भूमिका निर्वाह गर्दै आएका थिए । यी अभिनेताले विगतमा अभिनय गरेको चलचित्र टलकजंग भर्सेज टुल्के, पशुपतिप्रसाद, धनपति, डमरुको डन्डीबियोजस्ता सिनेमामा गम्भीर भूमिका निर्वाह गरेका हुन् ।

एउटा कलाकार भएपछि जस्तो पनि भूमिका निर्वाह गर्नुपर्ने उनको कथन छ । जय भोलेमा हास्य प्रधान भूमिकालाई आफूले चुनौतीको रूपमा स्वीकारेको पनि उनले बताएका छन् । यसपटक केही फरक शैलीको हास्यप्रधान भूमिका निर्वाह गरेको पनि उनले स्पष्ट पारे । हास्यप्रधान भए पनि आफ्नो भूमिका त्यत्तिकै गहन, गम्भिर र जिम्मेवार भएको पनि खगेन्द्रले प्रष्ट पारेका छन् ।

चलचित्र जय भोलेमा साथीसाथीबीचको सम्बन्धको कथा उठान गरिएको पनि अभिनेता खगेन्द्रले बताए । उनका अनुसार दुई साथीबीचको सम्बन्ध उतार चढावको कथा यो चलचित्रमा देख्न पाईने छ ।

यो चलचित्रमा खगेन्द्रको साथीको भूमिकामा सौगात मल्ल, प्रेमिकाको भूमिकामा स्वस्तिमा खड्का र मितको भूमिकामा बुद्धि तामाङ रहेका छन् । आफूहरू चार जना चलचित्रको मुख्य पात्र रहेको र यी चार पात्रको वरिपरि कथा घुमेको पनि उनले बताए । चलचित्रले प्रस्तुत गर्ने गम्भीर विषयवस्तुबारे उनले खुलासा गर्न चाहेनन्, ‘जय भोलेको चुरो नै एउटा सशक्त विषयवस्तु छ । त्यो विषयवस्तुको बारेमा भन्दा कथा खोलिने भएकाले ३० असोजमा जय भोले रिलिज नभएसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।’ खगेन्द्रले भने ।

चलचित्रमा उनले झापाको एउटा युवाको भूमिका निर्वाह गर्ने क्रममा त्यहीँको लवज प्रयोग गरेका छन् । स्याङजाका यी कलाकारलाई झापाको लवाज सिक्न सजिलो थिएन् । तर केही समयको अभ्यासपछि छायाँकनको क्रममा ठाक्कै झापाकै लजव आयो भनेर स्थानीयहरुले भनेपछि आफु अझ सो लवजको लागि उत्साहित भएको खगेन्द्रले बताएका छन् । झापा आसपासको जवल अब आफूलाई राम्ररी बोल्न आउने अनुभव पनि उनले सुनाए ।

खगेन्द्रको भनाईमा जय भोलेबाट दर्शकले पूर्ण मनोरञ्जनसँगै केही सन्देश पनि लिनेछन् । सिनेमामा दर्शकले आफ्नो बिगतको सिनेमाको स्वाद यसमा पनि पाउने दाबी यी अभिनेताले गरे ।

यसमा उनलाई झापाको एउटा सानो सहरको जय डन पात्रको रुपमा देख्न सकिने छ । डन उनको नाम नभएर जवजले प्रस्ट पारेको छ । यो भूमिका निर्वाह गर्न खगेन्द्रलाई सुरुमा पटक्कै मन लागेन ।

खगेन्द्रकाे भिडियाे अन्तरवार्ता ः

कारणबारे उनले यसरी खुलाए,‘सुनको सिक्री लगाएर हुलदंगा गर्दै हिड्ने एउटा केटाको भूमिका समाजको नजरमा पनि राम्रो हैन नी । त्यसैले मलाई यो भूमिका सुहाउँदैन भनेर अरूलाई नै अभिनय गराउन निर्माता निर्देशक अशोक शर्मालाई अनुरोध गरें । ’ तर, निर्देश शर्माले एउटा कलाकार भएपछि विविध भूमिका निर्वाह गर्नुपर्छ भन्दै धेरै कलाकारहरुको उदाहरण दिएपछि आफु यो भूमिकाको लागि तयार भएको पनि यी अभिनेताले बताए ।

जय भोलेका कलाकारहरु यतीबेला प्रचार प्रसारको चपेटामा छन् । चलचित्रको रिलिजका कारण दशैंमा नवमीको दिन मात्र घर पुग्ने अबस्था रहेको यसका अभिनेता खगेन्द्र लामिछानेले बताएका छन् ।