ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ जेठ
गायक सुवर्ण कुमारले आफ्नो स्वरमा नयाँ गीत माया बनेर…को भिडियो सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियोमा उनले नारी स्वर भने एआईबाट राखेका छन् । यो एआईसँगको आफ्नो नयाँ प्रयोग भएको पनि सुवर्णले बताए । गीतको पुरुष स्वरसँगै संगीत र शब्द पनि सुवर्ण कुमारकै रहेको छ ।
यो गीतको भिडियोमा कलाकारहरु शिव राउत, सञ्जिता केसीसँगै अशोक राना मगर, रश्मी सुन्दास, ईश्वर थापा र चन्द्र मगरको अभिनय रहेको छ । गीतमा प्रेममाथि शंकासँगै त्यसले निम्त्याएको समस्या देखाइएको छ । वियोगान्त भावको गीत लागे पनि यसको भिडियोमा जोडीलाई मिलन गराईएको छ ।
भिडियोलाई मनराम केसीले निर्देशन गरेका छन् । एस कुमारको सम्पादन तथा छायांकन रहेको यो गीतको भिडियोको निर्माता अशोक राना मगर हुन् ।





