मेहनत र आत्मविश्वास ले ताज जितेकी हुँ : सृजना श्रेष्ठ

ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

यल मिडियाद्धारा यस पटक आयोजना गरिएको ‘मिसेज नेपाल ग्रान्ड–२०१९’ को उपाधि रविभवन काठमाडौंकी सृजना श्रेष्ठले जितेकी छिन् । काठमाडौंको असनमा अढाई दशक अघि राकेश श्रेष्ठ र सरस्वती श्रेष्ठको पहिलो सन्तानको रुपमा जन्मिएकी सृजना चर्चित नृत्य कलाकार हुन् । उनी लामो समयदेखि नृत्य प्रशिक्षणमा क्रियाशिल छिन् । सृजना आफैंमा कुशल मोडल पनि हुन् । आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सृजनाले एक साता अघि मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि चुमेकी हुन् । मिसेज नेपाल ग्रान्डको दोश्रो संस्करणकी बिजेता सृजनासँग यो उपाधि सहित उनको नृत्य यात्रा र विविध विषयमा ब्युटी न्युज नेपालद्धारा गरिएको कुराकानीको मुख्य अँश यहाँ प्रस्तुत गरिएको छ ः


मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि जित्छु जस्तो लागेको थियो त ?
यो टाईटल प्रति म मा एउटा सकरात्मक सोचाई पक्कै थियो । मैले धेरै क्षेत्रमा हात हालेको छु र जहाँ हात हाल्छु । त्यहाँ खुब मेहनत गर्छु । त्यसैले हरेक क्षेत्रमा सफलता हाँसिल गरेको छु । सोही कारण मिसेज नेपाल ग्रान्डको उपाधि पनि जित्छु भन्ने आत्म विश्वास थियो ।

उपाधि जित्न कत्तिको गाह्रो हुँदो रहेछ ?
कुनै पनि कुरा प्राप्त गर्न त्यति सजिलो छैन । त्यसको लागि मेहनत त्यत्तिकै गर्नु पर्छ र सकरात्मक सोचका साथ अघि बढ्नु पर्छ । जे कुरामा ल्याग्यो, त्यसलाई एक्सक्युज दिनु हुन्न र म दिन्न पनि । यस्तै मिसेज नेपाल ग्रान्डको उपाधि जित्न पनि सजिलो थिएन । मेहनत निकै गरियो । मैले माईक समातेर मासमा फेस गरेको थिईन् । त्यसैले कार्यक्रममा ससक्त रुपमा प्रस्तुत हुन दिन रात अभ्यास गरेँ । उपाधि जित्न गाह्रो पक्कै थियो । तर असम्भव थिएन । त्यसैले उपाधि तिजेँ ।

मिसेज नेपाल ग्रान्ड बन्नु अघि र बनिसकेपछि आफुलाई कती अन्तर पाउन भयो ?
मिसेज नेपाल ग्रान्डमा भाग लिएपछि आत्मविश्वसा धेरै बढेको पाएँ । भाग लिनु अघि यो प्लेटफममा म थिईन् । सोही कारण मिडिया र मास फेसमा आत्म विश्वास थिएन । हुन त विभिन्न सांस्कृतिक कार्यक्रममा मैले उत्कृष्ट नृत्यहरु गरेको त थिएँ । तैपनि स्टेजमा बोल्ने अभ्यास थिएन । मिसेज नेपाल ग्रान्ड २०१९को उपाधि जितेपछि जहाँ पनि बोल्ने सक्ने भएकी छु । मिडियामा राम्रो स्थान पाएकी छु । साथीहरु सबैले मेरो उपाधिको प्रसँसा गरेका छन् । मैसँग यो प्रतियोगतामा भाग लिनुभएका साथीहरुले पनि सही मान्छेले जितेको भनेर प्रसँसा गर्नु भएको छ । त्यसैले उहाँहरुलाई पनि ब्युटी न्युज नेपालबाट धन्यबाद ज्ञापन गर्दछु ।

मिसेज नेपाल ग्रान्डमा भाग लिनुको कारण के थियो ?
ममा विविध क्षमता छ भन्ने थाहा थियो र त्यो क्षमता एवम् आत्मविश्वासलाई मैले प्रस्तुत गर्नु थियो । त्यसैले आफुमा भएको क्षमतालाई प्रस्तुत गर्न यो कार्यक्रममा भाग लिएको हुँ ।

 


विवाह हुनु अघि नै कुनै ब्युटी प्याजेन्टमा भाग लिनु भएन ?
थिएन । किनकी म त्यतिबेला स्कुलहरुमा डान्स टिचरको रुपमा आबद्ध थिएँ । त्यसमै बढी व्यस्त भएका कारण त्यो समयमा ब्युटी पेजेन्टमा भाग लिन सकिन् ।

नृत्यमा कहिले देखि आबद्ध हुनु भयो र यसबाट अहिलेसम्म के के पुरस्कारहरु हाँसिल गर्नु भयो ?
मैले आफुले गरेको पहिलो नृत्य याद छैन । तर नृत्यको सम्झना भएसम्म ३ वर्षको उमेर देखि नै नाच्न थालेकी हुँ । रमाईलो कुरा के भने अहिलेसम्म मैले कसैसँग नृत्य सिकेको छैन । अरुकै हेरेर नै सिकेको हुँ । नृत्यमा आफ्नो गुरु म आफैं हुँ । टिभी हेरेर पनि कत्तिपय डान्स सिकियो । डान्सबाट मैले धेरै पुरस्कार पाएको छु । स्कुले जीवन देखि अहिलेसम्म विभिन्न नृत्य प्रतियोगितामा पुरस्कार जित्दै आएको छु ।

डान्स टिचर भएर कहिलेसम्म काम गर्नु भयो ?
म आफैंले चार वर्ष अघि रबी भवनमा डान्स स्कुल खोलेर एक वर्ष डान्स पनि सिकाएँ । त्यो बाहेक मैले थुप्रै स्कुलहरुमा डान्स सिकाएँ । कलेजका विभन्न कार्यक्रममा गएर पनि डान्स सिकाएँ । कतिपय विधार्थीहरुलाई घरमै बेलाएर पनि डान्स सिकाएँ । त्यतिबेला टेलिभिजनबाट आउने चर्चित डान्स कार्यक्रम आँगनमा पनि मैले आफ्ना विधार्थीहरुलाई पठाएँ । उनीहरुले अवार्ड पनि जितेर आए ।

परिवारमा को को हुनुहन्छ ?
परिवारमा एक छोरा र हामी छौं । परिवार खुसी छ । साथमा बुबा, आमा पनि हुनुहुन्छ ।

ब्युटी पेजन्टमा आउनको लागि परिवारबाट कस्तो साथ पाउनु भयो ?
विवाहित महिलाहरुलाई प्राय आफ्ना श्रीमान देखि सासु ससुरासम्मले यस्तो कार्यक्रममा भाग लिन त्यति साथ दिँदैनन् । तर मलाई परिवारका सबैले पूर्ण साथ दिनु भएको छ । जसको कारण आज म दोश्रो मिसेज नेपाल ग्रान्ड–२०१९ को बिजेता भएकी छु ।

तपाई निकै राम्री हुनुहुन्छ । डान्स पनि राम्रो गर्नु हुन्छ । अनी अभिनय क्षेत्रमा किन जानु भएन ?
मलाई धेरै म्युजिक भिडियोहरुमा प्रस्ताव आउने गरेको थियो । पारिवारिक व्यस्तता र अन्य कारणले गर्दा मैले म्युजिक भिडियो खेल्न सकिन् । तर अब म कला फिल्डमा फर्कन्छु ।

कलामा नृत्यसँगै कुन कुन विधामा जाने योजना छ ?
यो नै गर्छु भनेर कसरी भनौं । एउटा कलाकारले हरेक कलामा काम गर्न सक्छ । म हरेक प्रकारको नृत्य गर्न सक्छु । मोडलिङ गर्न सक्छु । त्यसैले मोडलिङसँगै म्युजिक भिडियो, बिज्ञापन देखि फिल्ममा समेत काम गर्न सक्छु । म राम्रो कामको प्रतिक्षामा छु । कुनै राम्रो कथा पाएँ भने फिल्ममा लिड भूमिका पनि निर्वाह गर्न सक्छु ।