पद्मावतको टिकट मूल्य २४ सय !


मुम्बई(एजेन्सी) । फिल्मका शौखिन फ्यानहरु यतिबेला रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको आउन लागेको फिल्म ‘पद्मावत’को व्यग्र प्रतिक्षामा छन् । संजय लीला भन्सालीको यो फिल्म बक्स अफिसमा निकै महंगो फिल्मका रुपमा साबित हुने छनक देखाइसकेको छ । यसकारण फिल्मको टिकट मूल्यमा पनि वृद्धि गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म हेर्नका लागि भारतमा दर्शकले २४ सय रुपैंयाँको टिकट किन्नुपर्नेछ । यो मूल्य भारतमा रिलिज हुन लागेको कुनै पनि फिल्मको सर्वाधिक महंगो टिकट हो । यो भन्दा अघि सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ र प्रभासको फिल्म ‘बाहुबली २’को टिकट मूल्य पनि २४ सय नै थियो ।

टिकटको यो मूल्य पीभीआरका लागि तय गरिएको छ । समाचार अनुसार जनवरी २३ मा मुम्बईबाट गोवा जाने फ्लाइटको टिकट मूल्य २३ सय छ । यदि पीभीआर थिएटरमा यो फिल्म हेर्न जानेले त्यही खाना पनि खाने हो भने यसको कूल मूल्य तीन हजार पर्न जान्छ ।

फिल्ममा दीपिका पादुकोण रानी पद्मावती र शाहिद कपूर राजा रावल रत्न सिंहको भूमिकामा देखिँदैछन् । अर्का कलाकार रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा छन् । आगामी जनवरी २५ मा रिलिज हुने फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ ।