मनिषाको देशप्रेम प्रति मिडियाको तुच्छ आरोप


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, ९ जेठ

अभिनेत्री मनिषा कोईरालाले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कलापानीबारे ट्विट मार्फत आफ्नो भनाई राख्दा यतीबेला भारतीय मिडियालाई असैह्य भएको छ । भारतद्धारा अतिक्रमित यो भूमि सहितको नेपालको नक्सा नेपाल सरकारको मन्त्री परिषदले सोमबार मात्र पारित गरेको हो । सो भूमि नेपालको भएको भन्दै अभिनेत्री मनिषा कोईराला ट्विट गरेकी हुन ।

अभिनेत्री मनिषाले नेपाल सरकारको यो कार्यको ट्विट मार्फत खुलेर प्रसँसा समेत गरेकी छिन् । यही ट्विटका कारण यतीबेला अभिनेत्री मनिषा कोईराला चर्चामा छिन् । उनको ट्विटलाई लिएर एउटा भारतीय टेलिभिजन च्यानल एबिपी न्युजले उनलाई निकै घोचपेज सहितको रिपोर्ट समेत बनाएको छ । ‘खाते भारतका हैं, गाते चिनका है’ भन्दै सो टेलिभिजन च्यानलले अभिनेत्री मनिषाको व्यक्तिगत वाक स्वतन्त्रतामै आँच पुग्ने गरी समाचार प्रेषणा गरेको छ । सो समाचारको यतीबेला नेपालीहरुले खुलेर विरोध गरेका छन् । सबैले अभिनेत्री मनिषा कोईरालाले गरेको ट्विट र उनले नेपालको बारेमा बोलेको कुराको प्रसँसा गरेका छन् ।

एबिपी न्युज मात्र हैन, अभिनेत्री मनिषा कोईरालाले आफ्नो देशको बारेमा बोल्दा उनको पछाडी भारतीय मिडियाहरु यतीबेला अनाबस्यक रुपमा खनिएका छन् । नेपालको नयाँ नक्सा मन्त्री परिषदबाट पारित भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा सोही दिन ट्विट गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो लेखेका थिए,‘ लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।’

यस्तो थियो मनिषाको ट्विट


परराष्ट्र मन्त्री ज्ञवालीको सोही ट्विटलाई अभिनेत्री मनिषाले रि ट्विट गरेकी हुन् । मनिषा कोईराले रि ट्विट गर्दा त्यसमा लेखेकी थिईन, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ उनले तीन महान देश भन्दाले नेपाल भारत र चीनलाई सँकेत गरेकी थिईन् । कालापानीबाट नेपाली भूमि हुँदै भारतले खनेको बाटोको बारेमा भारतले चीनसँग पनि कुरा गरेको थियो । सोही कारण अभिनेत्री मनिषाले यी तीन देश भनेकी हुन् । तथापि चीनले लिम्पियाधुरा, लिपुलेक र कालपानीको बिबाद बिषयमा नेपाल र भारतलाई नै छाडिदिएको छ । यो भूमि आफ्नो नभएकाले यो बिषयमा आफु नबोल्ने बताईसकेको छ । चीनको नाम समेत नतोकी तीन देश मात्र अभिनेत्री मनिषाले के भनेकी मात्र थिईन । भारतीय मिडियाहरुले यस्तो लेखे,‘खाते भारतका हैं, गाते चिनका है’ यसो भन्दै उनीहरुले अभिनेत्री मनिषाको एकोहोरो खेदो खनेका छन् ।

मनिषामा माथि भारतीय मिडियाको यस्तो तुच्छ आरोप
मनिषाको यो ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको आरोप सहितको दाबी गरेको छ । मनिषा कोईरालको स्टारडम भारतबाटै मिलेको र उनको पहिचान भारतले नै बनाई दिएको दाबी त्यो टिभीले गरेको छ । बलिउडले मनिषालाई विश्वमा चिनाएकाले उनको ट्वि भारतीयहरुको दिन दुखाउनेवाला भएको त्यो टिभीले आरोप लगाएको छ । त्यो टेलिभजन च्यानलले त मनिषाले भारतकै गुनगान गाईदिनु पर्ने आशय ब्यक्त गर्दै यसो भनेको छ,‘मनिषाले जेजति नाम कमाएकी छिन, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन ।’

भारतमा रहेर रोजीरोटी कमाउने अभिनेत्री मनिषाले यस्तो बिषयमा बोल्नु हुँदैन र भारतकै गुनगान गाउनुपर्छ भन्दै त्यो टेलिभिजनले अभिनेत्री मनिषाको नेपाली हुनुको परिचयमा धावा बोलेको छ । राष्ट्रको बारेमा मनिषाले बोल्न पाउनु पर्ने उनको स्वतन्त्रतामाथि आँच पुर्याउने काम गरेको छ । यो टिभीले त अभिनेत्री मनिषालाई चिनको इशारामा यस्तो ट्विट लेखेको तुच्छ आरोप समेत लगाएको छ । अभिनेत्री अभिनेत्री कोइरालाको यो ट्विटको बिरुद्ध भारतका आज तकलगायत थुप्रै मिडियाहरु उनीमाथि खनिएका छन् । यही विषयलाई बिबादमा ल्याउन अभिनेत्री मनिषासँग आज तक टिभीले अन्तरवार्ता समेत लिन खोजेको थियो । तर अभिनेत्री मनिषाले आफुले नबोल्ने जवाफ सो टेलिभिजनलाई दिईन् । अरु मिडियालाई पनि उनले स्पष्टिकरण दिन आबस्यक ठानेकी छैनन् ।

पाकिस्तानी मिडियामा मनिषाको समर्थन
रमाईलो प्रसँग के भने अभिनेत्री मनिषा कोईरालाको यो ट्विटको पाकिस्तानी टेलिभिजनले खुलेर प्रसँसा गरेका छन् । पाकिस्तानका मिडियाले भने मनिषा कोइरालाको पक्षमा समाचार सार्वजनिक गरेका छन् ।

त्यहाँका डन न्युज, जि. ई. ओ. न्युज, सामा न्युज लगायतले मनिषाको समर्थन गर्दै भारतीय मिडिया र भारत विरुद्ध विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । पाकिस्तानको पनि भारतले भूमि अतिक्रमण गरेको भन्दै पाकिस्तानी सञ्चारमाध्यमले नेपाल र नेपाली नागरिक सहित मनिषा कोइरालाको पक्षमा समाचार बनाएका छन् ।

मनिषाको पहिलो चलचित्र नेपाली
अभिनेत्री मनिषा कोईरालाले सन १९९२ मा भारतीय फिल्म सौदागरबाट बलिउडमा अभिनय यात्रा सुरु गरेकी हुन् । हुन त मनिषा कोइराला बनारसमै हुर्किन । उनले त्यहीँ स्कुल पढिन अनि दिल्लीबाट उच्च शिक्षा हासिल गरिन । उनले बलिउडमा दर्जनौं हिट फिल्म खेलीसकेकी छिन् । पक्कै पनि मनिषा नायिकाको रुपमा बलिउडबाट चिनिएकी हुन् । तर उनी नेपाली चेली भनेर चिनिएकी छिन् । उनले त्यहाँ श्रम गरेकी हुन् । बलिउडले उनलाई नाम दियो भन्दैमा उनले आफ्नो राष्ट्रियता परिवर्तन गर्न सक्दिनन् । बिदेशमा गएर श्रम गर्ने तथा काम गर्ने कुनै पनि नेपालीले आफ्नो राष्ट्रियता परिवर्तन गर्दैन । अझ राजनीतिक पृष्ठभूमि रहेको कोईराला परिवारकी मनिषाले त त्यो कदापी गर्न सक्दिनन् ।
त्यसको ३ दशक अघि उनले नेपालमा चलचित्र फेरी भेटौंलामा नायिका भएर अभिनय गरिसकेकी भएको थियो । यसरी उनी बलिउडमा चर्चित भए पनि नायिकाको रुपमा मनिषाको अभिनय यात्रा नेपालबाटै सुरु गरेकी हुन् । नेपालका दिवँगत पूर्व प्रधानमन्त्री विपी कोईरालाकी नातिनी मनिषा कोईराला हुन् । मनिषाका बुबा प्रकाश कोईराला नेपाली काँग्रेसका नेता हुन् । यसरी अभिनेत्री मनिषा राजनीतिक परिवारकी हुन् । सोहीकारण मनिषाले नेपालको राजनीतिबारे चासो राख्ने गरेकी छिन् ।

सामाजिक सञ्जालमा मनिषालाई नेपालीको समर्थन
आफ्नो देशको बारेमा बोल्दा भारतीय मिडियाले यसरी मनिषाको खेदो खन्नुलाई अहिले सबै दर्शकले भारतीय मिडियाको दादागिरीको रुपमा लिएका छन् । अभिनेत्री मनिषालाई भारतीय मिडियाले खेदो खनेकोमा लाखौं नेपालीले त्यसको खुलेर सामाजिक सञ्जाल मार्फत बिरोध गरेका छन् ।

हेर्नुस यो भिडियो रिपोर्ट

प्रशासनिक कार्यमा लागू भयो नयाँ नक्सा
यता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विटमा लेखेको जस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुलेको नेपालको नक्सा भूमिसुधार तथा व्यबस्थामन्त्री पद्मा अर्यालले हिजो बुधबार मात्र सार्वजनिक गरेकी छिन् ।

अब यो नक्सालाई प्रशासनिक रुपमा सम्पूर्ण काममा प्रयोग गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तीन दिन अघि संसदको बैठकमा नीति तथा कार्यक्रममा बोल्दा सिमा बिबादबारे भारतसँग चाँडै कुटनीतिक बार्ता गर्ने बताईसकेका छन् । यो नेपालको भूमि भएकाले यी भूमिलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको पनि प्रधामन्त्री ओलीले बताईसकेका छन् । यस्तो अबस्थामा सबै नेपाली एक हुनुपर्ने पनि प्रधामन्त्री ओलीको भनाई रहेको छ ।