बउिलड अभिनेता शुसान्त सिंह राजपुतले गरेका आत्महत्या 


एजेन्सी

मुम्बई, ३२ जेठ

बलिउड अभिनेता शुसान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीय मिडियाले दिएको जानकारी अनुसार उनी मुम्बई स्थित आफ्नो घरमा झुन्डिएको अबस्थामा मृत भेटिएका छन् । उनको आत्महत्याबारे घरमा काम गर्ने कामदारले प्रहरीलाई जानकारी गराएका हुन् ।

उनको घरमा प्रहरी पुगेको छ । आत्महत्या उनले किन गरे भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनी केही समयदेखि डिप्रेसनमा रहेको बताइएको थियो ।

अभिनेता शुसान्तका म्यानेजर दिशा सालियनले यसै साता आत्महत्या गरेकी थिईन् । शुसान्त र दिशाको आत्महत्यासँगको सम्बन्ध के रहेको छ भन्ने बारे पनि जिज्ञासा उठेको छ ।

अभिनेता शुसान्तको पछिल्लो फिल्म छिछोरेमा यी अभिनेताले जीवनमा जस्तो समस्या आए पनि आत्महत्या गर्नु हुँदैन भन्ने सन्देशयुक्त भूमिका निर्वाह गरेका थिए । फिल्ममा यस्तो सन्देश दिने यी अभिनेता आफैंले आत्महत्या गरेको समाचारले अहिले बलिउडकर्मी स्तब्ध छन् ।

३४ वर्ष अघि बिहारको पट्ना जन्मिएका शुसान्तले मोडलिङ हुँदै आफ्नो अभिनय करिअर अघि बढाएका थिए । लामो समय भारतीय टेली फिल्ममा काम गरेपछि उनले फिल्म कोई पो चेबाट बलिउड फिल्म यात्रा सुरु गरेका थिए । पछिल्लो समय उनको रिलिज भएको फिल्म केदारनाथ गत वर्षको हिट फिल्म थियो ।

आमिर खानसँग फिल्म पिकेमा काम गरेपछि उनी चर्चामा आएका थिए । त्यो भन्दा अघि नै उनले शुद्ध देशी रोमान्सबाट आफुलाई अभिनेताको रुपमा बलिउडमा स्थापित गरिसकेका थिए । महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म एम एस धोनी पनि सुसान्तको सफल फिल्म हो । यो फिल्ममा उनले महेन्द्र सिंह धोनीको भूमिका निर्वाह गरेका थिए ।

यस्तै रब्बा, डिकेक्टिभ वोयमकेश बक्ष, वेलकम टु न्युयोक, सोनचिडिया, ड्राईभ जस्ता उनका फिल्महरु दर्शकमाझ आईसकेका छन भने नयाँ फिल्म दिल बेचारा रिलिजको तयारीमा थियो । लकडाउनका कारण यो फिल्मको प्रदर्शन रोकिएको थियो ।