अमिताभ र अभिषेकपछि ऐश्वर्या र आराध्यालाई पनि कोरोना 


एजेन्सी

मुम्बई, २८ असार  

बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएसँगै अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना सँक्रमण देखिएको छ ।

अमिताभ र अभिषेकलाई शनिबार राती नै कोरोना सँक्रमण पुष्टी भएको हो भने ऐश्वर्याको दोश्रो परिक्षणमा आईतबार दिउँसो र आराध्याको पनि आईतबार दिउँसो कोरोना पुष्टी भएको हो ।

ऐश्वर्या र आराध्यालाई अहिले कोरोनाको सामान्य लक्षण देखिएको महाराष्ट स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित भएपछि अमिताभलाई शनिबार राती मुम्बईको नानावटी अस्पताल भर्ना गरिएको हो । त्यसपछि अभिषेकलाई सोही अस्पताल भर्ना गरियो । अहिले अस्पतालमा ऐश्वर्या र आराध्या पनि थपिएका छन् । सबैको स्वास्थ्य ठिक भएको सो अस्पतालले आईतबार बेलुका जनाएको छ । अमिताभलाई आइसोलेसन र बाँकी अरुलाई अस्पतालको क्याविनमा राखिएको छ ।

अमिताभको पनि स्वास्थ्य अबस्था राम्रो भएको अस्पतालले जनाएको छ । बच्चन परिवारको यी चारै जना कोरोना सँक्रमित भएका छन भने जया बच्चनको कोरोना  नेगेटिभ आएको छ । जया छुट्टै क्वारेन्टाईनमा छिन् । अमिताभको घरलाई सिल गरेर अहिले घरको सेनिटाईजेसन गर्ने कार्य भईरहेको छ ।