अर्जुन कपुर र मलाईका कोरोना सँक्रमित, स्वास्थ्य अबस्था सामान्य


एजेन्सी
मुम्बई

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाईका खान अरोरा कोरोना भाईरस सँक्रमित भएका छन् । अभिनेताद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेर काममा फर्कँदै गर्दै अर्जुन र मलाईका कोरोना सँक्रमित भएका हुन् ।

पछिल्लो समय एक फिल्मको छायाँकनमा व्यस्त रहेका अभिनेता अर्जुन कपुरले आफ्नो कोरोना भाईसर रिपोर्ट पोजेटिभ आएको र आफु घरमै आईसोलेसनमा बसेको बताएका छन् । उनी अभिनेत्री प्रिती सिंहसंग एक फिल्मको छायांकनमा ब्यस्त थिए । स्वास्थ्यमा केही समस्या देखिएपछि कोरोना परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ देखिएको अर्जुनले बताएका छन् ।

उनले आफूले ठिक महशुश गरिरहेको र डाक्टरको सल्लाह अनुसार नै घरमा बसेको उल्लेख गरेका छन् ।  अर्जुनकी प्रेमिका एवम् अभिनेत्री मलाईका अरोरा खानको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । अहिले उनी पनि होम आईसोलेसनमा छिन् । अहिले अर्जुन र मलाईका दुबैको स्वस्थ्य अबस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।