अभिनेत्री मनिषा काठमाडौंको होटल क्वारेन्टाईनमा, कोरोना परीक्षणको रिपोर्ट कुर्दै


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, २३ जेठ

तीन दिन अघि काठमाडौं आएकी अभिनेत्री मनिषा कोईराला अहिले आफ्नो कोरोनाबारे रिपोर्ट कुरीरहेकी छिन् । उनले कोरोना सम्बन्धि रिपोर्ट आउने आउने बताईएको छ । अभिनेत्री मनिषा कोईराला मँगलबार राती ८ बाजे काठमाडौं आएकी हुन् । उनी मुम्बईबाट सो दिन बिहान हवाई जहाजबाट बनारस आएकी थिईन् । बनारसबाट गोखरपुरहुँदै स्थलमार्ग मार्फत उनी मङ्गलबार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल आएकी हुन् ।

अभिनेत्री मनिषा आफ्ना बुबा एवम् नेपाली काँग्रेसका नेता प्रकाश कोईराला, आमा र काकीसँग नेपाल आएकी हुन् । नेपाल आएपछि उनी होटलमा क्वारेन्टाईनमा बसेकी छिन् । मनिषाको पारिवारिक सुत्रका अनुसार उनी उच्च सतर्कताका साथ काठमाडौंको एक होटलमा बसेकी छिन् । बिदेशबाट नेपाल आएपछि १४ दिनसम्म क्वारेन्टाईनमा बस्नु पर्ने सरकारी नियम रहेको छ । सोही नियमलाई पालना गर्दै आफ्नो घर पनि नगई अभिनेत्री मनिषा, आफ्ना बुबा आमासँग होटल क्वारेन्टाईनमै बसेकी छिन् ।

त्यसो त अभिनेत्री मनिषा सहित उनका परिवारले क्वारेन्टाईनकै अबस्थामा कोरोना भाईरस परिक्षणको लागि आफ्नो स्वाव पनि दिएका छन् । उनीहरुको कोरोना भाईरसको रिपोर्ट आज बेलुकासम्म आउने परिवारले बताएका छन् । परिवारका अनुसार कोरोना सँक्रमणका कारण भारतमा लकडाउन चलिरहेको बेला परिवारसँग घरमा आराम गर्न अभिनेत्री मनिषा कोईराला नेपाल आएकी हुन् ।

मँगलबार रातीबाटै क्वारेन्टाईनमा बसेकी यी अभिनेत्री अब ११ दिनपछि मात्र क्वारेन्टाईनबाट घर जानेछिन् । अहिले क्वारेन्टाईनमा रहेका कारण उनले निश्चित दुरी बनाएर खास आफन्तबाहेक अरुसँग भेटघाट गरेकी छैनन् । क्वारेन्टाईनको १४ दिनको बसाई सम्पन्न भएपछि मात्र उनले अरुलाई भेट्ने बताएकी छिन् ।

नेपाल सरकारले लिम्पिया धुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा दुई साता अघि जारी गरेपछि अभिनेत्री मनिषा कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई रि ट्वीट गरेकी थिईन् । ट्विटरमा रि ट्विट गर्ने क्रममा अभिनेत्री मनिषाले ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नु भएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ । ’ भनेर लेखेकी थिईन् ।

यसरी अभिनेत्री मनिषाले आफ्नो राष्ट्रको सम्मानमा आफ्नो मातृभूमिको खातिर ट्विटरमा जम्मा २० ओटा शब्द लेख्दा उनीप्रति भारतीय मिडियो खनिएका हुन् । भारतको एउटा टेलिभिजन च्यानल एबिपी न्युजले त खाती भारतकी और गाती चिनकी भन्दै चिनको इसारामा अभिनेत्री अभिनेत्री मनिषाले नेपालको समर्थनमा ट्विट लेखेको आरोप पनि लगायो । त्यसको जवाफमा अभिनेत्री मनिषाले जवाफमा मनिषाले भनेकी थिइन् ‘श्रम बेच्न पाईन्छ स्वाभिमान होईन।’

यसपछि अभिनेत्री मनिषाप्रति विभिन्न आरोपल गाईयो । उनलाई कती दिनसम्म भारतीय मिडियाले एकोहोर टिका टिप्पणी गरिरहे । यहाँसम्मकी अभिनेत्री मनिषालाई बलिउडले चिनाएको, भारतले सुपरस्टार बनाएको भन्दै उनले भारतप्रति इमान्दार हुनुपर्ने समेत बताए । नेपाल भारतको सम्बन्धमा मनिषाले बोल्नु हुँदैन भन्दै मनिषाको वाक स्वतन्त्राताको अधिकार समेत कुन्ठित गर्ने प्रयास समेत गरियो ।

मनिषालाई अझ बिबादमा पार्नको लागि अन्तरवार्ता लिन उनको घरको अगाडी मिडियाको भिड पनि लाग्यो । तर अभिनेत्री मनिषाले त्यो समयमा पूर्ण सँयमता अपनाईन् । यो विषयमा उनले कुनै पनि भारतीय टेलिभिजन च्यानललाई अन्तरवार्ता दिन चाहिनन् । अभिनेत्री मनिषालाई एकरोहोरो गाली गर्ने, उनलाई बिबादमा ल्याएर बदनाम गर्न खोज्ने, एबिपी न्युज, जी न्युज, आजतक जस्ता च्यानलको सपना तुहियो ।

अभिनेत्री मनिषा कोईरालाबिरुट भारतीय मिडिया खनिएको बेला भारतीय दर्शक भने अभिनेत्री मनिषाकै पक्षमा थिए । भारतकी अभिनेत्री प्रियँका चोपडाले हलिउड फिल्ममा पछिल्लो समय काम गरिरहेकाले उनलाईपनि अब खाती अमेरिकाकी और गाती भारतकी अनेर अमेरिकाले गाली गर्न मिल्छ त भन्दै यी च्यानलहरुलाई दर्शकले प्रतिप्रश्न गरे । सो क्रममा नेपाली दर्शकहरु सबै मनिषा कोईरालाको पक्षमा लागे । नेपालका सबैजसो सामाजिक सञ्जालमा मनिषाको समर्थनमा स्टाटस लेखियो । उनको त्यो कार्यको खुलेर प्रसँसा गरियो ।