काठमाडौं । आठ वर्षदेखी निरन्तर हुदै आएको ‘राष्ट्रिय बाल नाटक महोत्सव’ यो वर्ष पनि हुने भएको छ । शैली थिएटरले रुसी सांस्कृतिक केन्द्रसँग सहकार्य गर्दै आगामी फागुन १३ गते आयोजना हुन लागेको महोत्सवका लागि १३ नाटक छानिएका छन् ।  छनौंट भएका नाटकमा ‘तुलसी’, ‘सत्य चित्रे–चरित्रे’, ‘नेपालको कानून दैबले जानून’, ‘मोहन मैना’, ‘अस्तित्व’, ‘बालश्रम शोषणको अन्त्य’, ‘बन्दुक’, ‘कसैको जीवन’, ‘नाँसो’, ‘तरकारी प्रतियोगिता’, ‘चैत्यनाथ’, ‘झ्याउली’ र ‘बालबालिकालाई अधिकार’ छन् । महोत्सवमा शैली थिएटरकै तीनवटा नाटक पनि अप्रतियोगीका रुपमा मञ्चन हुनेछन् ।

थिएटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार महोत्सवका लागि गत मंसीरमा स्क्रिप्ट आव्हान गर्दा ३५ वटा स्क्रिप्ट थिएटरमा दर्ता भएका थिए । दर्ता भएका थिए । ‘यो पटक पनि अघिल्लाका वर्षजस्तै सबै स्क्रिप्टहरु राम्रा थिए । तर महोत्सवमा सबै नाटक समावेश गर्न समय नपुग्ने हुँदा हामीले १३ नाटकलाई मात्र प्रतियोगीका रुपमा छनौंट ग¥यौं ।’ बुढाथोकीले भने ।

थिएटरका कार्यक्रम संयोजक आर्यन न्यौपानेले यो वर्ष महोत्सवमा नाटक मञ्चनसँगै बालबालिकालाई रमाइलो खेल, कथा सुनाउने, सेलिब्रेटीसँग कुराकानी, नाँचगान, जादु देखाउनेलगायत अन्य कार्यक्रम पनि समावेश गरिने बताए । ‘नाटकले मञ्चमा भएका बाल कलाकारलाई प्रतिभा देखाउने अवसर दिए जस्तै अन्य यस्ता कार्यक्रमले दर्शकदिर्घामा बस्ने बालबालिकालाई आफ्नो सिप देखाउने मौका दिइनेछ ।’ उनले भने ।

आयोजकका अनुसार महोत्सवमा छानिएका नाटकको मञ्चनपछि उत्कृष्ट नाटकलाई ६ विधामा विविध पुरस्कार दिइनेछ । निर्णायक टोलीको मूल्यांकनका आधारमा महिला र पुरुषलाई जनही ७ हजार रुपैंयाँको ‘अभिनय पुरस्कार’, जनही पाँच हजार रुपैंयाँको ‘निर्देशन पुरस्कार’ र ‘उत्कृष्ट नाटक पुरस्कार’, जनही तीन हजार रुपैंयाँको ‘शैली प्रोत्साहन पुरस्कार’ र ‘शैली पव्लिक च्वाईस् पुरस्कार’ पाउनेछन् ।

आयोजकका अनुसार यो वर्षदेखी थिएटरले उत्कृष्ट १० कलाकारको नामावली प्रकशित गरेर शैलीले आयोजना गर्ने तीन महिने अभिनय तालिमको शुल्कमा ५० देखी ७५ प्रतिशतसम्म छुट दिने तथा नाटक, टेलिफिल्म, फिल्ममा अभिनय गर्ने अवसर दिइनेछ । आयोजकले महोत्सवमा ३ सय बालबालिका मञ्चमा अभिनय गर्ने र ५ सय विद्यार्थी अन्य कार्यक्रममा आप्mनो सिप देखाउने दाबी गरेका छन् ।