कलाकार संघको सदस्य उम्मेदवारमा मोनिका दाहाल (चन्द्रकला), यस्तो छ योजना 


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ जेठ

नेपाल चलचित्र कलाकार संघको पदाधिकारीको निर्वाचन यही ३ जेठ आइतबार हुँदै छ । काठमाडौँको कमलपोखरी स्थित लिशारा रिसेप्सनमा हुँदै छ । यो  निर्वाचनमा कलाकार संघको केन्द्रीय सदस्यको लागि नायिका मोनिका दाहाल ९चन्द्रकला०ले उम्मेदवारी दिएकी छिन् । क्रम संख्य नम्बर ६ रहेकी मोनिका नेपाली चलचित्रकी सक्रिय अभिनेत्री हुन् ।

त्यो त निर्वाचनको लागि यस पटक उत्तम केसी र सविन श्रेष्ठ गरी दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । ती दुईले आ आफ्नो प्यानल समेत घोषणा गरेका छन् । उत्तम केसीको प्यानलबाट अभिनेत्री मोनिकाले यस पटक कलाकार संघको केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएकी हुन् ।

यस पटक नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सदस्यमा १० जना सदस्यको लागि २८ जनाले उम्मेदवारी दिएका छन् । त्यसैले यो पटक धेरै कलाकार सदस्यहरू मतदानको क्रममा झुक्किने डर अभिनेत्री मोनिकालाई छ । आफ्नो क्रम संख्य ६ रहेकाले त्यो क्रम संख्या हेरेर चन्द्र कला दाहाल ९मोनिका०लाई मतदान गर्न उनले अनुरोध गरेकी छिन् ।

सिन्धुलीको दुधौली नगरपालिका ७ सुगारेमा जन्मिएकी मोनिकाले टेली शृङ्खला थोरै भए पुगी सरीबाट अभिनय यात्रा सुरु गरेकी हुन् । विगत दुई दशकदेखि कला क्षेत्रमा सक्रिय मोनिकाले राजेन्द्र उप्रेतीद्वारा निर्देशित ‘मन मनै मन पराएँ’मा सह अभिनेत्रीको रूपमा पहिलो पटक अभिनय गरेकी थिइन् । यसपछि उनले बर्सात, राहदानी, खेताला, लभ इज लाईफ, ब्ल्याक नाइट, प्रेम संसार, कस्तो टेन्सन, उनी र म, राम साइली, रुद्राक्ष सहित डेढ दर्जन चलचित्रमा नायिकाको रूपमा अभिनय गरिसकेकी छिन् ।

त्यसो त उनी चलचित्र सँगै म्युजिक भिडियोमा पनि व्यस्त छिन् । पाँच दर्जन भन्दा बढी भिडियोमा मोडलिङ गरिसकेकी मोनिका नेपाल चलचित्र कलाकार संघमा एक दशक भन्दा लामो समयदेखि सक्रिय छिन् । चलचित्र, म्युजिक भिडियोसँगै आधा दर्जन टेली शृङ्खला र विभिन्न वृत्तचित्रमा उनले अभिनय गरेकी छिन् ।

लामो समयदेखि अभिनयसँगै सामाजिक कार्यमा समेत सक्रिय मोनिका कलाकारहरूको हक हितको लागि यो यस पटक कलाकार संघको उम्मेदवार बनेको बताउँछिन् । मुख्य गरेर अधिकांश कलाकारहरूलाई स्वास्थ्य उपचारको लागि समस्या पर्ने भएकाले यस पटक आफूले स्वास्थ्य बिमा, दुर्घटना सहायता, आपतकालिन राहत कोष तथा उपचार सहुलियत व्यवस्थापन गर्ने र यसलाई प्रभाकारी बनाउने योजना आफू अघि सारेको उनले बताइन् । यस्तै आफूहरूले कलाकारहरूको हक हितको लागि ३३ वटा योजनाहरू अघि सारेको मोनिकाले बताइन् ।

यसरी नेपाल चलचित्रमा सक्रिय कलाकारहरूको सेवाको लागि आफू तीन वर्षको यो कार्यकालमा क्रियाशील रहने र २४ घण्टा नै कलाकारको हक हितमा लागि पर्ने पनि उनले बताएकी छिन् । आफूलाई विजय मात्र हैन, सबै भन्दा बढी मत दिएर विजय बनाउने उनले अनुरोध गरेको छ ।