ब्युटी न्युज नेपालको दोश्रो वार्षिक उत्सबमा भव्य बनभोज कार्यक्रम


ब्युटी न्युज नेपाल

काठमाडौं, ३० मँसिर

विलक्षण क्रियसनद्धारा सञ्चालित व्युटी न्युज नेपालले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरेको छ । अनलाईन न्युज पोर्टल ‘ब्युटी न्युज नेपाल’ मँगलबारबाट तेश्रो वर्षमा लागेको छ । यसै क्रममा व्युटी न्युज नेपालका तर्फबाट काठमाडौंको त्रिभुवन पार्कमा शनिबार आफ्ना सल्लाहकार, सहयोगी, शुभचिन्तकहरुबीच दोश्रो वार्षिक उत्सबको अबसरमा शुभकामना आदन प्रदानका लागि पिकनिक कार्यक्रम आयोजना गरियो ।

सो कार्यक्रममा व्युटी न्युज नेपालका सल्लाहकार एवम् बरिष्ट व्युटिसियनहरु सोनी कारँजित (अध्यक्ष–रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, रविभवन), सुमित्रा रँजित (अध्यक्ष–ब्युटी सेक्रेट व्युटी सलुन, खिचापोखरी), अनिता रायमाझी खड्का (अध्यक्ष–कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, कलँकी), प्रकाशकुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ (अध्यक्ष–रश्मिलाज फेसियल हाउस, काठमाडौं मल) विशेष अतिथिका रुपमा सहभागी थिए ।

दोश्रो वर्ष पुरा गरेर तेश्रो वर्ष लागेको अबसरमा कार्यक्रममा सल्लाहकार एवम् बरिष्ट व्युटिसियनहरु सोनी कारँजित, सुमित्रा रँजित, अनिता रायमाझी खड्का, रश्मिला श्रेष्ठ, ब्युटी न्युज नेपालका कार्यकारीसम्पादक सरिना बुढाथोकी, समाचारदाता सरिता भारती, प्रदीप कँडेल सहितको टिमले केक काटेर सबैसँग वार्षिक उत्सब मनाए ।

 कार्यक्रममा बोल्दै बरिष्ट व्युटिसियन सोनी कारँजित र सुमित्र रँजितले व्युटिसियनहरुका हरेक प्रकारका सकरात्मक खबरलाई व्युटी न्युज नेपालले समेट्दै आएको भन्दै अझ सफलताको लागि शुभकामना व्यक्त गरे । यस्तै सबै सल्लाहकारले व्युटी न्युज नेपालको सफलताको कामना गर्दै शुभकामना दिए ।

ब्युटी न्युज नेपालको युट्युव च्यानलले एक लाख भन्दा बढी सस्क्राईब पुरा गरेकोमा पनि दुबै सल्लाहकारले वधाई ज्ञापन गरे । यस्तै बरिष्ट व्युटिसियनहरु सिता पाठक, शुशिला गौतम चुडाल, शशी शाह, शारदा क्षत्री, मेनुका शिवाकोटी उप्रेती, सफलता थापा पनि कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी थिए । कस्मेटिक उत्पादकका तर्फबाट कलर इसेन्स, नेचर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेती, वादी हर्वलका प्रवन्ध निर्देशक मुकुन्द फुयाँलपनि सो कार्यक्रमका अतिथि थिए ।

 ब्युटिसियनहरु गीत राई, सरु श्रेष्ठ, विना रानामगर (चेली मकअप स्टुडियो),  सुहाना अर्याल, दुर्गा श्रेष्ठ, इमिका श्रेष्ठलगायत तीन दर्जन व्युटिसियनहरु सो कार्यक्रममा अतिथिका रुपमा सहभागी भए ।

यस्तै ब्युटी न्युज नेपालका फेशन सल्लाहकार एवम् आईआईएफटीका निर्देशक फुपु तेन्जिङ शेर्पा, फेसन डिजाईरन एवम् काजल क्रियसन कुपन्डोलकी अध्यक्ष काजल शर्मा, हास्य अभिनेत्री पल्पसा डँगोल, चर्चित मोडल शिलास्मा हमाल मल्ल, मोडलहरु विपना थापा, निकिता पाण्डे, हेमा पोखरेल, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशी, मिडियाकर्मी सूर्य चन्द, फोटोग्राफर लक्ष्मण महर्जन, व्युटी न्युज नेपालका लोगो डिजाईनर सन्तोष दाहाललगायत अन्य अतिथिले पनि व्युटी न्युज नेपाललाई शुभकामना व्यक्त गरे ।

कार्यक्रममा व्युटी न्युज नेपालका सँरक्षक डब्बु क्षत्रीले यो अनलाईनको स्थापनाको उदेश्यबारे प्रकाश पारे । रोजी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनको सँयुक्त आयोजनामा हुने तेश्रो संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२०’को लागि फारम खोलिएको घोषणा गरे । उनले सबैलाई कार्यक्रममा धन्यबाद ज्ञापन गरे ।

 सँगै मनाईयो सरुको बर्थ डे

क्युटी व्युटी हव एन्ड स्पा, काठमाडौं मलकी सञ्चालक व्युटिसियन सरु श्रेष्ठको जन्म दिन पनि सोही दिन परेको थियो । ब्युटी न्युज नेपालको दोश्रो वार्षिक उत्सबको अबसरमा ब्युटिसियन सरु श्रेष्ठको जन्म दिनको पनि केक काटेर विशेष रुपमा मनाईयो । उनलाई कार्यक्रममा सहभागी सबैले जन्मदिनको अबसरमा बधाई तथा शुभकामना दिएका थिए ।

त्रिभुवन पार्कमा विहान १० बजेबाट सुरु भएको बनभोज एवम् नाचगान कार्यक्रम बेलुका पाँच बजेसम्म चलेको थियो । कार्यक्रममा सबैले निरन्तर नाचगान सहित खुबै रमाईलो गरे ।