बर दुवईमा नयाँ वर्ष साँझ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं ९ बैशाख

राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईको ब्लुप्यालेस होटलमा नयाँ वर्ष साँझ सम्पन्न भएको छ । नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमसहित नयाँ वर्ष साँझ सम्पन्न गरिएको हो । राजेन्द्र पुरीको सँयोजनमा भएको सो कार्यक्रममा अवार्ड सिरोमनि सहित श्रष्टा सम्मान गरियो ।

कार्यक्रममा नेपालबाट गएका कलाकारहरु र प्रवासमा रहेका प्रवासी कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा अवार्ड र सम्मान पाउनु हुनेहरुमा ः सर्बोत्कृष्ट लोक दोहोरी गायिका रिया घले, लोक दोहोरी मोडेल कृष्ण सापकोटा, आधुनिक मोडेल सबिना कार्की, काठे भाका गायिका मिरा गिरी, काठे भाका गायक समीर आचार्य, नब मोडेल अमिरा कार्की, लोक दोहोरी शब्द सुनिल परियार ‘सागर’, लोक दोहोरी मोडेल अस्मिता राना, टेलि चलचित्र कलाकार कुल बहादुर ओलि, काठे मोडेल पबित्रा काफ्ले, प्रत्यक्ष लाईभ दोहोरी गायिका सुष्मा शाही ठकुरी रहनु भएको थियो भने श्रष्टा सम्मानबाट सम्मानित कलाकारहरुमा पुर्णिमा घिसिङ, सबुज मगर, निरा तामाङलाई प्रदान गरिएको थियो ।

काभ्रे सेवा समाजका अध्यक्ष गोबिन्द पन्तको सभापतित्व भएको कार्यक्रममा विगत चार दशक देखि यूएईमा रहेर समाजसेवामा सकृय नेपाली समाजका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथि थिए । कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज यूएईका अध्यक्ष नविन कार्की विशिष्ट अतिथिको रुपमा यपस्थिति जनाउनु भएको थियो ।

मध्यपूर्वको पहिलो महिला डबल–डेकर दुई तल्ले बस चालक शान्ति भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमलाई लोक दोहोरी गायक अमृत खातीले सहजिकरण गरेका थिए ।