रजतपट अँकलको हवनबाट एक्टरको शुभारम्भ, प्रदीपसँग आना र दिब्या


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

रजतपट कार्यक्रम सञ्चालन गर्दै आएका अग्रज पत्रकार मँगलबार बिहान भने फरक भूमिकामा थिए । उनी ललितपुरको कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा नयाँ चलचित्र ‘एक्टर’को लागि हवन गर्दै थिए । उनलाई हवमा कलाकार प्रदीप खड्कादेखि आना शर्मासम्मले साथ दिईरहेका थिए ।

यसरी अग्रज सञ्चारकर्मीलाई हवन गराएर चलचित्र ‘एक्टर’को शुभ साईत गरिएको छ । आफुले बनाएरबाट संस्कृति तथा कर्मकाण्डीमा शास्त्री गरेकाले बेला बेलामा पुजा पाठको काम पनि गर्दै आएको प्रकाश सुवेदीको कथन छ ।

पाँच वर्ष अघि नै निर्माण गर्ने भनिए पनि यो चलचित्रको अब भने छायाँकन सुरु हने भएको छ । बैशाखको अन्तिम साताबाट छायाँकन गरिने यो चलचित्रमा अभिनेता प्रदीप खड्कासँगै अभिनेत्रीद्धय आना शर्मा र दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देवलगायतका कलाकार रहेका छन् । नवोदिन अभिनेत्री दिव्या रायमाझी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । उनले यो चलचित्रबाट रजतपटमा डेब्यु गर्दैछिन् ।

यो चलचित्रलाई राजन भुसालले निर्देशन गर्दैछन् । थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् । एक्टरलाई आगामी कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए ।