एक दिनमा पाँचलाख पटक हेरियो पुजार सार्की’को गीत ’दर्शन गरेँ’


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

तीन स्टार अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘पुजार सार्की’को नयाँ गीत ’दर्शन गरेँ…’को भिडियो सार्वजनिक गरिएको छ । गीत निकै माधुर्य छ । गीतको भिडियोले रिलिज भएको २४ घन्टामा पाँच लाख भन्दा बढी भ्युज पाएको छ ।

चलचित्र पुजार सार्की आगामी १० जेठमा विश्वव्यापी रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा गत साता टिजर सार्वजनिक गरेर चर्चा कमाएको यो चलचित्रको यतिबेला गीत सार्वजनिक गरिएको हो ।

यो गीत कौडा भाका र कौरा नृत्यमा आधारित रहेको छ । गीतलाई गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारले माधुर्य बनाएका छन् । यो गीतले चलचित्रको व्यापारलाई माथि उठाउने देखिन्छ ।

हर्क साउदका शब्द र सुवास भुसालको संगीतमा यो गीत तयार भएको हो । गीतको भिडियोमा तीन अभिनेता सहित दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बुले नृत्य गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ। यसका कोरियोग्राफर शिशिर खाती हुन्। गीतको भिडियोमा यी तीन अभिनेता र दुई अभिनेत्रीको नृत्य आकर्षक छ ।

यो चलचित्रका अरु कलाकारमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत रहेका छन् ।

चलचित्र पुजार सार्कीलाई दिनेश राउतले निर्देशन गरेका छन्। यसको आलेख विकास सुवेदीको हो । चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्।राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।