मेकअप प्रेमीका लागि ‘सि टु पी’ प्रोफेशनल मेकअप


पासिनाले पनि नपखालिने वाटर प्रुफ मेकअप सामग्री ‘सि टु पी प्रोफेशनल मेकअप’ फाउन्डेसन बजारमा आएको छ। कस्मेटिक प्रोडक्सनमा विश्व चर्चित कम्पनी डायना इन्टरनेशनल कम्पनी भारतले यसलाई बजारमा ल्याएको हो।

नेपालका लागि आधिकारिक बिक्रेता ब्युटी एक्सप्रेस खिचापोखरी रहेको छ। व्युटी एक्सप्रेसका सञ्चालक अमृतका अनुसार यसको नेपाली मूल्य २ हजार रुपैयाँ राखिएको छ। व्युटी एक्प्रेसले यसलाई नेपालका लागि थोक र खुद्रा दुबै रुपमा बितरण एवँ बिक्री गर्दैछ।

सबै प्रकारको मेकअपको लागि छिटो छरितो र टिकाउ फाउन्डेसनको रुपमा सि टु पी प्रोफेशनल मेकअप फाउन्डेसन प्रयोग गर्न सकिन्छ। यो फाउन्डेसनबाट मेकअप गरेपछि मुहारमा चमक आउनुका साथै मुहारमा हाई डेफिनेशन लुक्स देखिन उत्पादक कम्पनीको भनाई छ।

यसको कन्सिलिङ राम्रो हुनुका साथै यो वाटर प्रुफ भएकाले प्रयोग गरेको १६ घन्टासम्म मेकअप टिक्ने यसका वितरक अमृतले जानकारी गराए। नेपाली हावापानी र मौसमको लागि अनुकुल सि टु पी प्रोफेशनल मेकअपले मुहार सुन्दर बनाउनुका साथै दुषित वातावरणबाट मुहारको छालालाई जोगाने पनि अमृतले बताए।