व्युटी न्युज नेपाल
काठमाडौ, ६ जेठ

युवा अभिनेता प्रदीप खड्का अन्तराष्ट्रिय स्तरको नेपाली ब्रान्ड ‘नोभेम्बर जिन्स नेपाल’को ब्रान्ड एम्बेस्डरका रुपमा अनुबन्धित छन् । यसै क्रममा नोभेम्बर जिन्स नेपालका ब्रान्ड एम्बेस्डर प्रदीपले शनिबार बिहान काठमाडौंको दरबारमार्ग स्थित ‘नोभेम्बर जिन्स नेपाल’ शो रुपमको उद्घाटन गरेका छन् । नोभेम्बरको यो पहिलो शो रुपमा हो ।

आफुले चलचित्र प्रेम गीत–२ र लिली बिलीमा नोभेम्बरकै फेशन प्रयोग गरेको र सो क्रममा यो नेपाली ब्रान्डले आफ्नो मन जितेका कारण पनि ब्रान्ड एम्बेस्डर बन्दा गर्व लागेको पनि प्रदीपले बताए । नोभेम्बर जस्तो नेपाली ब्रान्डलाई हामीले प्रयोग गरेर मुलुकको उत्पादन सफल र हामी फेशनमा आत्म निर्भर हुने पनि यी अभिनेताको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रदीपले भने,‘अन्तराष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो भएकाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएको हुँ । म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादन नै हुने गरेको छ ।’

नोभेम्बर जिन्स नेपालका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानले नोभेम्बरका लागि अभिनेता प्रदिपको साथले आफुहरु अझ उत्साहित भएको र चलचित्र बृत्तका लागि आफुहरुले नोभेम्बर मार्फत केही गर्न पाउँदा खुसी लागेको बताए । पुरुषका लागि सबै प्रकारका फेशन नेपालमै उत्पादन गरेर मुलुकका १३० ओटा स्टोरबाट पाँच वर्षदेखि बिक्री बितरण गर्दै आएको नोभेम्बर जिन्स नेपालले आफ्नो पहिलो स्टोर दरबारमार्गमा शनिबारबाट सुरु गरेको न्यौपानले प्रकाश पारे । मुलुकका सबै स्टोरमा एउटै मूल्यमा पाईने नेपालकीको बजेट अनुसार तयार गरिएको अन्तराष्ट्रिय स्तरको यो ब्रान्ड नेपालसँगै भारतमा पनि बिक्री बितरण हुँदै आएको पनि उनले जानकारी गराए ।

नोभेम्बर जिन्स र ब्रान्ड एम्बेस्डर, अभिनेता प्रदीप खड्का
नेभेम्बर जिन्स नेपालले पुरुषलाई मात्र लक्षित गरेर मुलत युवा पुस्ताका रोजाईमा केन्द्रित भई सबै प्रकारको पहिरन एबम् एसेसरिज उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । सोही कारण लाखौं दर्शकको ढुकढुकी बनेका अहिलेका बहुचर्चित अभिनेता प्रदीप खड्कालाई नोभेम्बर जिन्स नेपालको ब्रान्डर एम्बेस्डरको रुपमा चयन गरिएको हो । नेपाली चलचित्र बृत्तका लागि पाँच ओटा लोकप्रिय चलचित्र दिईसकेका अभिनेता प्रदीप हाल चलचित्र ‘रोजी’ को छायाँकनमा व्यस्त छन् । उनीजस्ता लोकप्रिय अभिनेतालाई ब्रान्ड एम्बेस्डरको रुपमा पाउँदा नोभेम्बर परिवारले खुसी व्यक्त गरेको छ ।

नोभेम्बर जिन्सको उत्पादन ः
नोभेम्बर जिन्सले पुरुषलाई लक्षित गरेर वर्षका चार ओटै मौसमका लागि सबै प्रकारको पहिरन उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । यसले जिन्स, लेदर तथा अन्य विविध कपडाको पाईन्ट, हाफ पाइन्ट, टाउजर, कोट, ब्लेजर, ज्याकेट, आउटर, सर्ट, टी सर्ट, हुड, स्यान्डो, अन्डरवेर, जुत्ता, मोजा, टोपी, बेल्ट, व्याग जस्तै सबै प्रकारको पहिरन उत्पादन, बितरण र बिक्री गर्दै आएको छ । औपचारिक र अनौपचारिक दुबै प्रकारको कपडा उत्पादन गर्ने नोभेम्बरले फर्मल, सेमी फर्मल, अफिसियल, क्याजुअल र स्पोर्टी पहिरनको सेवा दिँदै आएको छ ।

पाईन्ट ः नोभेम्बरले जिन्स र नन् जिन्सका चुज, स्किनी, पार्टी वेर, बुटफिट, रेगुलर, नर्मलफिट जस्ता सबै डिजाईन र आकारका पाईन्ट फेशन पारखीका लागि उत्पादन तथा बिक्री गर्दै आएको छ ।

कोट ः नोभेम्बर जिन्सले क्याजुअल, पार्टी वेर र फेशनेवलमा जिन्स, नन जिन्स, कटन, लेदर, भेल्भेट जस्ता विभिन्न पहिरनका कोट, ब्लेजर उत्पादन तथा विक्री बितरण गर्दै आएको छ ।

जुत्ता ः यसले लेटर र नन लेदर पार्टी सुज, क्याजुअल सुज, स्पोर्टी सुज, नर्मल सुज उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

ब्याग ः नोभेम्बर जिन्सले व्याग तर्फ पनि नर्मल व्याग, स्पोर्टी व्याग, अफिसियल व्याग, ल्यापटप व्याग, क्याजुअल व्याग, ट्राभल व्यागको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

उत्पादन र गुणस्तर ः
‘नोभेम्बर जिन्स नेपालको तर अन्तराष्ट्रिय स्तरको ब्रान्ड हो । यसले भियतनाम, बँगलादेश, भारत, पाकिस्तान, चीनलगायतका देशबाट कच्चा पदार्थ मगाएर अत्याधुनिक मेसिनबाट नेपालमै तयारी गरी गुणस्तर परीक्षणपछि बजारमा आफ्ना उत्पादन पठाउँछ ।’ सिईओ न्यौपानेले भने,‘हामीले गुणस्तर र डिजाईनलाई विशेष प्राथमिकता दिने गरेका छौं । हामीले केही उत्पादनको लागि कारखाना नेपालमै स्थापना गरेर उत्पादन गर्दै आएका छौं भने केही सामग्री अहिले पनि बिदेशमै रहेको कारखानाबाट आफ्नै डिजाईन र गुणस्तर अनुसार उत्पादन गरेर नेपाललाई बिक्री बितरण गर्दै आएका छौं ।’ निकट भविष्यमै नेपालमै कारखाना उत्पादन गरेर सबै स्वदेशमै उत्पादन गर्ने तयारीमा रहेको सिईओ न्यौपानले बताए ।

न्यौपानलेका अनुसार अन्तराष्ट्रिय फेशन, रँग र स्टाईललाई ग्रहण गर्दै वर्षको चोर ओटै सिजनमा हाम्रा डिजाईनरले नयाँ डिजाईन तयार गर्नु हुन्छ । सोही डिजाईनलाई हामीले उत्पादन गरेर बजारमा पठाउँछौं । त्यसैले विश्व बजारमा आएका फेशन स्टाईल गा्रहकले नोभेम्बरसँग पाउने पनि न्यौपानले बताए ।

बिक्री बितरण र मूल्य ः
नोभेम्बर जिन्स नेपालको सबै उत्पादन मुलुकका जुनसुकै पसलमा पनि एउटै मूल्यमा ग्राहकले पाउने छन् । बजारको मूल्यलाई लक्षित गरेर नोभेम्बरले एउटै मूल्यमा यसलाई बिक्री गर्दै आएको छ । बिदेशी ब्रान्डकै गुणस्तरमा बिदेशी भन्दा धेरै सस्तोमा हामीले नोभेम्बरका उत्पादन प्रदान गर्दै आएको छ । नोभेम्बरले १०० रुपैयाँ देखि १०,००० रुपैयाँसम्मको मूल्यको उत्पादन तथा बिक्री गर्दै आएको छ । नेपालको १३० ओटा ठुला साना शहरको फेशन स्टोर र मलमा नोभेम्बर जिन्स नेपालका उत्पादन एउटै मूल्यमा पाउनु यसको विशेषता हो । यस्तै भरतको नयाँ दिल्ली, उत्तरा खण्ड, दार्जिलिङ, कालिङपोङ लगायतका शहरका फेशन स्टोरमा पनि नोभेम्बरको उत्पादनको बिक्री बितरण हुँदै आएको छ । निकट भविष्यमै नोभेम्बरका फेशन अष्ट्रेलिया र क्यानाडाबाट पनि बिक्री बितरणको लागि बार्ता भईरहेको छ । नोभेम्बर सँधै फेशन पारखी युवाहरुको फेशनेबल एवम् गुणस्तरीय रोजाईमा सेवा र समर्पित रहँदै आएको पनि सिईयो न्यौपानले बताएका छन् ।