नेचर सेन्सको एक दिवसीय कार्यशाला (हेर्नुस् भिडियो)


व्युटी न्युज नेपाल
काठमाडौं १३ असार

दुई दशक भन्दा लामो समयदेखि नेपालमा कस्मेटिक क्षेत्रमा आफ्नो बर्चश्व कायम गर्दै आएको कस्मेटिक कम्पनी ‘नेचर सेन्स’को विभिन्न उत्पादन र यसको प्रयोगबारे विभिन्न व्युटिसियनले जान्ने अबसर पाएका छन् ।

काठमाडौंको रवीभवन स्थित ‘रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’मा सोमबार आयोजित एक दीवसीय सेमिनारमा विभिन्न व्युटिसियनहरुले यसबारे जान्ने अबसर पाएका हुन् ।

सो क्रममा नेचर सेन्स र कलर सेन्सको नेपालका लागि कन्ट्री डिरेक्टर रमेश उप्रेतीले सो सेमिनारमा व्युटिसियनहरुलाई नेचर सेन्स र कलर सेन्सको उत्पादन तथा प्रयोगबारे जानकारी गराएका छन् । सम्बन्धित उपत्दानमा केमिकल्सको प्रयोग र यसलाई प्रयोग गर्ने तरिकाबारे पनि उनले प्रशिक्षण दिए ।

सो क्रममा कन्ट्री डिरेक्टर उप्रेतीले फेसियलसम्बन्धी विशेष प्रशिक्षण दिए । उनले गोल्डकिट फेसियल, भिटासी फेसियल, ए.एच.ए. फेसियल, सन्स क्रिम, मोस्चराईजर, कलर सेन्सको वाटरप्रुफ मेकअप सामग्री र यसको निर्माण तथा प्रयोगको बारेमा जानकारी गराए ।

सोही कार्यक्रममा रोजी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारञ्जितले अल्फा हाईड्रोअक्सी एसिड (ए. एच. एफ.) फेसियलको प्रयोग गरेर फेसियल प्रत्यक्ष गरेर देखाउँदै यसको फाईदाबारे जानकारी गराईन् । सो प्रशिक्षण आफुहरुलाई निकै उपयोगी सावित हुने विश्वास सम्बन्धित प्रशिक्षार्थीहरुले व्यक्त गरे ।