अभिनेत्री खुश्बुले गरिन् मन्टेश्वरी उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं २७ माघ

अभिनेत्री खुश्बु खड्काले सरस्वती पुजाको अबसर पारेर काठमाडौं महानगरपालिका वाड नंं २ लाजिमपाट अवस्थित ‘मिनी किड्स मन्टेश्वरी’ उद्घाटन गरेकी छिन् । जसको उद्घाटन अभिनेत्री खुश्बुसँगै, काठमाडौं महानगरपालिका वाड नंं २ अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, समाजसेवी हिराकाजी श्रेष्ठ, एमपी भुषाल, बिक्रम बिष्ट लगायतले रिवन काटेर गरेका थिए ।

‘मन्टेश्वरीमा बालबालिकाको रुचि र चाहना अनुसारको शिक्षा हुने भएकोले अबको दिनमा यो अनिबार्य छ’ अभिनेत्री खड्काले कार्यक्रममा भनिन् ‘यसमा उनीहरुले खेल्दा खेल्दै धेरै कुरा सिक्न सक्छन् ।’

आइतबारबाट संचालनमा आएको ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले संचालनमा ल्याएकी हुन् । कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले बालबालिकाको बिकाशका लागि मन्टेश्वेरीले खेल्ने भुमिकाको चर्चा गरे ।

व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोसण र स्याहार सुसारको वातावरणमा शिक्षा दिनुपर्छ भन्ने उदेश्यका साथ आफुले मन्टेश्वरी संचालनमा ल्याएको मन्टेश्वरीका संचालक रुश्मी गुरुङले बताइन् । उद्घाटन कार्यक्रममा बिभिन्न गीतसंगीतका साथै आकर्षक नृत्यहरु समेत रहेका थिए ।