डबल सीको ब्रान्ड एम्बेस्डर दयाहाङ र वर्षा


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मँसिर

डबल सी भिटामिन जुसको ब्राण्ड एम्बासडर अभिनेता दयाहाङ राई र अभिनेत्री वर्षा शिवकोटी बनेका छन् । यसै क्रममा स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने अभिनेता दयाहाङ राईले बताएका छन् । आफु पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केहि सजगता बाध्यताका कारण अपनाउन नसकेको बताए ।

दयाहाङले स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहेको बताए,‘हामीलाई थाहा छ यस्तो गर्नु पर्छ भन्ने तर हामीले त्यसलाई लागु गर्न सकिरहेका छैनौ । हामीले कार्य व्यस्तताले गर्दा शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुदैनौ, जसलाई केहि हदसम्म यसले पुरा गर्नेछ ।’

दयाहाङले भने,‘यसको टेस्ट पनि राम्रो त्यसैले अन्य ड्रिंक्सको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मदत गर्छ ।’ उनले आफु यसमा सहभागी हुनु अगाडी सम्पूर्ण कुरा बुझेको समेत बताए,‘मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ’ उनले भने ।

दयासंगै यसको ब्राण्ड प्रवर्धनमा अभिनेत्री वर्षा सिवाकोटीले पनि सघाउने छिन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको प्रोडक्टको बारेमा बोल्दै उनले पनि दयाकै केहि शब्द सापटी लिईन् ।

‘यसलाई दैनिक रुपमा प्रयोग गर्ने हो भने ड्रिंक्सको काम त गर्छ नै साथै हाम्रो हेल्थलाई पनि सपोर्ट गरिरहेको हुन्छ’ वर्षाले भनिन् । उनले काम औषधिको झैँ गरेता पनि टेस्ट अन्य ड्रिंक्स झैँ भएकाले सबैलाई मन पर्ने विश्वास व्यक्त गरिन् । यो जुसलाई सम्पूर्ण परिक्षण पश्चात नेपाल भित्र्याएको उक्त अवसरमा जानकारी गराइयो । थाइल्याण्डमा निकै रुचाइएको यो जुस सोमबारबाट बजारमा उपलब्ध हुनेछ ।

लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुने यो भिटामिन जुसको मुल्य एक सय रुपैयाँ रहेको छ । आयोजित कार्यक्रममा दया र वर्षाले जुसको लोकार्पण समेत गरे । कार्यक्रममै उपस्थित निर्देशक तथा निर्माता मिलन चाम्सले यो जुस नेपालमा आउनु सुखद रहेको बताए ।

‘यहाँ एउटा यस्तो जुसको आवश्यकता नै थियो जसले जुसको काम त गरोस नै साथै शरीरलाई फाइदा पनि गरोस’ उनले भने ,’मैले आफैले पनि केहि दिन यता यसको सेवन नियमित रुपमा गरिरहेको छु , फाइदाजनकनै छ ।’

यसलाई रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल भित्र्याएको हो । यस टिममा सुरेश राई, राजकुमार राई, रोविन राई, रमेश लामा, निश्चल लामा, रोमन राई रहेका छन् । प्रतिरक्षा प्रणाली बलियो बनाउने, रक्तचाप नियन्त्रणमा सहयोग गर्ने, फ्याट बढ्न नदिने, क्यान्सर रोगको सम्भावना कम गर्ने लगायतका स्वास्थ्यमा यसले सहयोग गर्छ । ’यसले प्रत्यक्ष रुपमा स्वास्थ्यमा फाइदा पुर्याउने भएकोले नै हामीले यसलाई नेपाल ल्याएका हौ’ जुसलाई नेपाल भित्र्याउने टिमका एक सदस्य राजकुमार राईले बताए ।