‘वादीले ग्राहकका लागि स्वास्थ्यकर कस्मेटिक मात्र ल्याएको छ’ – मुकुन्द फुयाँल


व्युटी न्युज नेपाल
काठमाडौं १५ असोज

कस्मेटिक क्षेत्रमा डेढ दशक भन्दा लामो समयदेखि क्रियासिल व्यक्ति हुन् मुकुन्द फुयाँल । कस्मेटिकको वितरक, होलसेल हुँदै उनी केही वर्ष यताबाट अन्तराष्ट्रिय स्तरमै लोकप्रियता हाँसिल गरेको वादी हर्वलसँग जोडिएका छन् ।

व्युटी केयर, हेयर केयर र बडी केयरमा आफ्नो फरक परिचय बनाईसकेको ‘वादी हर्बल’ले सौन्दर्य प्रेमीबीच लोकप्रियता हाँसिल गरिरहेको छ । नेपालका लागि वादी हर्वलका प्रमुख हुन मुकुन्द फुयाँल ।
आफुहरुले नेपालीहरुको छालाको अबस्था, कपालको अबस्था तथा यहाँको मौसमलाई ध्यानमा राखेर वादी हर्वलको उत्पादनहरु बजारमा ल्याउने गरेको मुकुन्दले बताएका छन् ।

हेर्नुस् भिडियो –

वादी हर्वलले आफ्ना ग्राहकको स्वास्थ्यमा बढी ध्यान दिने गरेको यसको उत्पादन मर्करी फ्रि हुने गरेको पनि मुकुन्दले बताए । भारतसँगै धेरै देशमा लोकप्रियता हाँसिल गरेको वादीको नेपालमा राम्रो बजार छ । मुकुन्दको कस्मेटिक व्यबसाय यात्रा र वादी हर्वल बारे व्युटी नेपाल नेपालकी समाचारदाता सरिता भारतीले गरेको भिडियो वार्ता यहाँ प्रस्तुत गरिएको छ ।