हबिवले व्युटिसियनलाई सिकाए अन्डर सफ्ट र बुटी ब्रान्डको प्रयोग तरिका


व्युटी न्युज नेपाल
काठमाडौं, १३ भाद्र

भारतका चर्चित हेयर स्टाईलिस्ट जावेद हबिवले नेपालका करिब एक हजार नेपाली व्युटिसियनहरुलाई हेयर केयर सम्बन्धि एक दिवसीय प्रशिक्षण दिएका छन् ।

डिलस्टार इनकर्पोरेशनले उत्पादन गरेको हेयर केयर एन्ड व्युटी केयर सामग्रीको प्रयोग गर्दै जावेदले काठमाडौंको होटल यलो प्यागोडामा एक दीवसीय प्रशिक्षण आयोजना गरेको हो ।

सो क्रममा जावेदले व्युटिसियनहरुलाई हेयर कटिङ, हेयर कलरिङ, हेयर ब्लिच जस्ता विविध विषयको प्रशिक्षण दिए । उनले सो क्रममा कपाल काट्दा कसरी कपाल समात्ने, कसरी कैंची चलाउने, कसरी कपाल स्ट्रेट गर्दा क्रिम लगाउने र आईरन चलाउने, कसरी ड्रायर चलाउने जस्ता विविध प्रशिक्षण दिए ।

कपाल स्ट्रेट गर्दा दुई पटक क्रिम लगाउने र तीन पटक आईरन गर्ने व्युटिसियनहरुलाई एक पटक क्रिम लगाएर एकै पटकको आईरनमार्फत कपाल स्ट्रेट गर्न जावेदले सिकाउँदा आफुहरुलाई निकै फाईदा पुगेको व्युटिसियनहरुले बताए ।

जावेदले विभिन्न शैलीका कपाल काट्ने तरिका पनि सिकाए । रमाइलो ठट्टा गर्दै उनले एक दिवसीय सेमिनार सफलता पूर्वक सम्पन्न गरे । गायिका जुनु रिजालको गायन र ठट्यौली सहितको कार्यक्रम सञ्चालन सेमिनार निकै रोचक बन्यो ।

एक दिवसीय सेमिनारमा डिलस्टार इनकर्पोरेशनका म्यानेजिङ डिरेक्टर डि एस कपुर र सोसियल मार्केटिङ हेड अरेन्द्र कुमार शर्माले आफ्नो उत्पादनको बारेमा थप जानकारी गराए ।

उनीहरुले डिलस्टार इनकर्पोरेशनको हेयर केयर उत्पादन अन्तर्गत अन्डर सफ्टको हेयर कलर, हेयर स्ट्रेट क्रिम, हेयर सिरम, हेयर वास लगायतका उत्पादनबारे जानकारी गराए । यस्तै उनीहरुले डिलस्टार इनकर्पोरेशनको स्किन केयर ब्रान्ड बुटीको फेसियल प्याग, मसाज स्क्रब, फेसियल किडलगायतको उत्पादन र यसको प्रयोगबारे जानकारी गराए ।

डिलस्टार इनकर्पोरेशनका उत्पादन बिगत १८ वर्षदेखि नेपालमा प्रयोग हुँदै आएको र यसको नयाँ नयाँ उत्पादनबारे जानकारी दिन यो सेमिनार आयोजना गरिएको कन्ट्री म्यानेजर पदम शर्माले बताए । डिलस्टार इनकर्पोरेशनको नेपालमा बितरण कार्य फेयर सफ्लायर्सले गर्दै आएको पनि कन्ट्री म्यानेजर शर्माले जानकारी गराए ।

सो सेमिनारमा फेशन सो तथा क्याटवाक समेत आयोजना गरियो । रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनका व्युटिसियन मोडलहरु नविन अधिकारी, संगीता थापामगर, गायिका एवम् व्युटिसियन विष्णु पौडेलसहित हेयर एक्स्पर्ट हविव र डिलस्टार इनकर्पोरेशनका पदाधिकारीहरुले अन्डर सफ्ट तथा बुट ब्रान्डका सामग्री सहित र्याम्पमा क्याटवाक गरे ।

सो कार्यक्रमका अतिथिहरुमा अग्रज व्युटिसियन डा. राजश्री श्रेष्ठ, सीता पाठक, सोनी कारञ्जित, फेशन डिजाईनर काजल शर्मालगायत थिए ।