भानु जयन्तीमा आदिकवी भानुभक्त प्रती समर्पित गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

आदिकवी भानुभक्त आचार्य प्रती समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सन्च मान राईको शब्द रहेको गीतमा किरण गजमेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ । तनहुँ पुगेका एक युवाले केके पाए भन्ने बिषयमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियो प्रकाश दाहालले निर्देशन गरेका हुन् ।

भिडियो कोरियाग्राफ केशव राज भट्टको रहेको छ । भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् । लोकराजले भिडियोमा पनि अभिनय गरेका छन् ।

बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकवीको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवी आचार्यको जीवनीका बारेमा तयार गरिएको सोधपत्रमा यो भिडियो आधारित छ ।