‘द पोएट आइडल’ को उत्कृष्ट मा डाक्टर कवि मुस्कान पोखरेल


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

काठमाडौ,मेडिकल डाक्टर मुस्कान पोखरेल ‘द पोएट आइडल’को अन्तिम चरणमा पुगेकी छिन् । उनको यतिबेला चर्चा चुलिँदो छ । उनको परिचय यतिबेला कविको रुपमा पनि दर्ज भएको छ । अन्तिम चारमा पुगेकी उनको अबको जित निर्धारण भोटिङले गर्ने छ । उक्त ‘द पोएट आइडल’ मा विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छन ।

मुस्कानलाई जिताउन देश बिदेशबाट लागिपरेका छन । धादिङ स्थायी घर भएकाले बढी धादिङका ब्यक्तिहरु संघ,संस्था संगै ताप्लेजुङबाट रोहित घिमिरे, पोर्चुगलबाट गोविन्द बुढाथोकी लगाएत सक्रिय छन । उनीमात्रै होइन देशविदेशमा मुस्कानलाई जिताउन भन्दै शुभेच्छुकहरु लागिपरेका छन भने उनलाई जिताउन भोट हाल्नेहरु दिन प्रतिदिन बढ्दो छ ।

तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदैछ । मुस्कानसँगै विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।

मुस्कानले आफुलाई अत्याधिक भोट हालेर बिजय गराउन समस्त स्वदेस तथा बिदेशमा रहेका नेपालीहरुलाइ आग्रह गरेकी छन । मुस्कान पोखरेललाई भोट गर्न आफ्नो मोबाईलमा ओएसआर कनेन्ट एप डाउनलोड गरी द पोएट आईडल थिचेर त्यसमा मुस्कान पोखरेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ–सेवाबाट पनि भोट गर्न सकिन्छ ।