पत्रकार मणिराजलाई पत्रकारिता पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। उनी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हुन् ।

शुक्रबार आयोजित कार्यक्रममा गौतमलाई नगद १५ हजारसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। उनलाई कार्यक्रममा नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द र वरिष्ठ सङ्गीतकार शम्भुजित सापकोटा लगायतले यो पुरस्कार प्रदान गरे।

काठमाडौं र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघको मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष रहेका थिए। उनले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन्।

पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए ।