कालो कालो कपालमा रिलिजसँगै आरजे च्यानल सुरु


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ६ जेठ

राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ भिडियो सार्वजनिक गरिएको छ । गीतमा सिवाकोटी र गायिका मिलन नेवारको स्वर रहेको छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेका छन् । प्रियँको जोडीको रुपमा निर्देशक गम्भिर बिष्ट छन् । भिडियो निर्देशन समेत बिष्टले नै गरेका हुन् ।

यो भिडियो नयाँ च्यानल आरजे इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको छ । यो भिडियोसँगै आरजे युट्युव च्यानल औपचारिक रुपमा सुरुवात भएको छ ।

सुरुवातको कोसेली स्वरुप आरजे इन्टरटेनमेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ ।

‘रमाइलोको साथी’ नारा सहित सुरु भएको आरजे इन्टरटेनमेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका बिभिन्न खुराक पस्कने उदेश्यले ल्याइएको आरजे इन्टरटेनमेन्टका संचालन राजु केसीले बताए ।

गीत ‘आकाश उज्यालो..’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ । सार्वजनिक दुबै गीतको भिडियोका निर्माण सल्लाकार सुवाशराज काफ्ले हुन् । आरजेले यो बर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ ।