आयो चोली चौबन्दी भाग २


ब्युटी न्युज नेपाल
काठमाडौं ५ जेष्ठ

बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालले आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक गरेका छन् । यो गीतमा दहाललाई गायिका देवि घर्तीले स्वरमा साथ दिएकी छिन् । सहयोगी गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर छन् ।

गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय छ । सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको यो डेउडा गीतको दृश्य निर्माणमा खप्तड फिल्मस्, छायाँकारमा अमृत उपाध्याय, निर्देशनमा भिम थापा छन् ।

भिडियोमा श्रीजल दहाल र आरोही मल्लका साथै सत्यवती एकडेमी परिवारका छात्र, छात्राहरु डेउडा खेलमा सोही एकडेमीका प्रबन्धक बीर बहादुर कडायत, प्रिन्सिपल यशोदा ध्याडी कडायत एकडेमीका शिक्षक, शिक्षिकाहरु पनि समेटिएका छन् ।