राजेशपायलको मस्कटमा कन्सर्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

गायक ‘राई इज किङ’ले ओमनको मस्कटमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् । नेपाल किरात समाज, मस्कटले पहिलोपटक राजेश पायलको सँगीतिक कार्यक्रम गरेको हो । सांगीतिक कार्यक्रममा राजेशपायललाई अतिथि कलाकारको रुपमा निम्ताइएको हो ।

कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी तीन दर्जनभन्दा बढी गीत गाएका थिए । स्टेज किङका रुपमा समेत चर्चित राजेशपायलको गीतमा हजारौँ दर्शकले भरिपूर्ण मनोरञ्जन लिँदै सांगीतिक माहोलमा झुमेका थिए । राजेशपायलसँग झुमिरहँदा उनीहरुले करिब तीन घण्टा बितेको समेत पत्तै पाएनन् ।

यस कार्यक्रमलाई आयोजकले साकेला (उभौली)को स्वागतका रुपमा लिइएको थियो । अभि नारायण र सन्तोष राईले सञ्चालन गरेको यो कार्यक्रममा एनआरएनए मस्कटका पूर्वअध्यक्ष डिबी क्षेत्री र कुसल तराईले स्वागत मन्तव्य राखेका थिए । साथै, कार्यक्रममा नेपाली राजदूत दोर्ण अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न कार्यको सिलसिलामा ओमन रहँदै आएका हजारौँ नेपालीको सहभागिता रहेको थियो । राई र लिम्बूको संस्था नेपाल किरात समाजले मस्कटमा पहिलोपटक संयुक्त रुपमा सांगीतिक कार्यक्रम गरेको हो । यो कार्यक्रम सोचेभन्दा भव्य र सभ्य भएको आयोजकले जनाएको छ ।