काठमाडौं । घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म ‘भाडाकुटी’ घोषणा गरिएको छ । दृष्यालय सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्म सामाजिक दुरी कायम गर्दै घोषणा गरिएको हो ।

फिल्म ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार मुकुन भुषाल र अभिनेत्री बेनिशा हमालको प्रमुख भूमिकामा अभिनय रहने फिल्म आगामी फागुनमा बुटवल आसपासका ठाउँमा छायांकन गरिनेछ ।

वैवाहिक परिवेशसहितको सामाजिक कथामा निर्माण हुन लागेको फिल्ममा किरण विकको निर्देशन रहनेछ । किरणकै कथा रहेको फिल्ममा कमल खड्काको निर्माण हुनेछ । फिल्ममा ओस्कार फिल्म कलेज पास आउट यूवाहरुको समूह छ ।

२०७८ सालमा रिलिज हुने फिल्ममा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी, भीम विकको सम्पादन, गोपाल आचार्यको सहायक निर्देशन छ ।