गायक सुरजले अनुसँग ल्याए ‘हावा चल्यो सिरिरी’


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ बैशाख

गायक सुरच पौडेलले आफ्नो स्वरमा नयाँ गीत ‘हावा चल्यो सिरिरी…’को भिडियो सार्वजनिक गरेका छन् ।आज  म्युजिक भिडियो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्बजनिक गरीएको छ ।

यस गीतमा गायक सुरज पौडेल र नारी स्वरमा गायिका अनु चौधरीले साथ दिएकी छिन् । यो गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन् । जसमा मनोज चौलागाईंले संगीत तथा एरेन्ज रहेको छ । यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।

रोहित सिंह ठकुरीले कोरियोग्राफीमा यो गीतको भिडियो निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् । भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ।

मेकअप एकता भण्डारीले गरेकी छन भने सम्पादन सौखिन तिमल्सिनाको रहेको म्युजिक भिडियोका निर्माता निल प्रसाद ईटनि रहेका छ्न ।गायक सुरज पौडेलको आज सार्वजनिक भएको म्युजिक भिडियो १० औ भिडियो हो ।

भिडियोको छायांकन गुन्डु, भक्तपुरमा गरिएको छ । भिडियोमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।