‘ज्यू ज्यू सोल्टी’मा सुहायो राजेश हमाल र गायिका करुनाको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ बैशाख

अग्रज अभिनेता राजेश हमालको अभिनयमा नयाँ गीत ‘ज्यू ज्यू सोल्टी’ को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो रोमान्टिक शैलीको यो गीत सार्वजनिक गरिएको हो । गायिका तथा मोडल करुना राइको स्वरमा यो गीत रहेको छ । राईले गीतमा हमालसँगै अभिनय पनि गरेकी छिन् ।

करुनासँग राजकुमार बगरको स्वर, हरि सापकोटाको शब्द र शंकर बराइलीको संगीत रहेको यो गीतको भिडियोमा अभिनेता राजेश हमाल र करुना राइको मोडलिङ छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् ।

रामकृष्ण चौलागाइको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । नायक हमालले म्युजिक भिडियो र फिल्म दुवै कलाको पाटो भएको भन्दै कलाकारहरुले हरेक प्रकारका काम गर्न सक्नुपर्ने बताए । गायिका करुना राइले राजेश हमालसँग पाँचौ पटक भिडियोमा सहकार्य गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको सुनाइन् । यस्तै, नायक धिरेन शाक्यले राजेश हमाल र करुना राइको जोडी निकै राम्रो देखिएको भन्दै गीतको प्रशंसा गरे ।

गीत सार्वजनिक कार्यक्रममा गायिका करुना राइको जन्मदिन समेत सेलिव्रेशन गरिएको थियो । राजेश हमालको साथमा विशेष अतिथीको रुपमा पुगेका धिरेन शाक्यले करुनालाई शुभकामना दिए ।