ब्युटी न्युज नेपाल
काठमाडौँ, २० वैशाख
नृत्य निर्देशक संघ नेपालको तेश्रो केन्द्रीय अधिबेसनबाट नव निर्बचित कार्यसमितिद्वारा काठमाडौँमा नयाँ वर्ष २०८३ को सुभकामना आदान प्रदान तथा विविध कार्यक्रम आयोजना गरिएको छ । अग्रज नृत्य निर्देशक भैरब बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नृत्य कलाकारबिच शुभकामना आदन प्रदान गरियो ।
कार्यक्रममा संघको सल्लाहकारहरू बरिष्ठ नृत्य निर्देशक कमल राई, राजु साह, आरसी कोइराला, जोगेन्द्र केसी, चन्द्रमान मूनिकारलाई नियुक्ती गरियो । कार्यक्रममा उनीहरुलाई सल्लाहकारको रुपमा स्वागत समेत गरियो । हालै निर्वाचित संघका पदाधिकारीलाई कार्यक्रममा परिचयपत्र समेत प्रदान गरियो ।
नव निर्बचित कार्यसमिति अन्तर्गत अध्यक्ष्यमा भुवन दास श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा शम्भु शाही, उपध्यक्ष्यमा, केशब कोइराला ,महिला उपाध्यक्षमा सारादा सोती शर्मा, महसचिबमा ऋषि केश श्रेष्ठ, सचिबमा कृष्ण रसाल, कोषाध्यक्षमा संगीता शाही खड्की, सह कोषाध्यक्षमा चूडामणि फुयाँल रहेका छन् । यस्तै संघको नव निर्वाचित सदस्यहरुमा अजय कुमार बिष्ट, बाबु सेन्चुरी, देवराज गुरुङ, छिरिङ लामा, बिजय घिसिङ, पिन्की खड्का, दिपक श्रेष्ठ, पुर्णिमा श्रेष्ठ, अनिता रंजितकार रहेका छन् । यी सबै पदाधिकारीलाई कार्यक्रममा संघको परिचयपत्र वितरण गरिएको हो ।
सोही समारोहमा नृत्य निर्देशक संघ नेपालका बिभिन्न प्रदेश, जिल्ला, नगरका कार्य समितिहरूलाई पनि प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा संघका सस्थपक कार्यसमितिहरूलाई पनि सम्मान गरियो । यस्तै आजिबन सदस्य भवानी कोइरालालगायतलाई पनि परिचय पत्र वितरण गरियो ।
सोही समारोहमा संघको २०८३ सालको भित्ता पत्रो पनि विमोचन गरिएको थियो । सोही कार्यक्रममा संघको तिन जना नयाँ सदस्य मनोनित घोषणा पनि गरियो । मनोनित सदस्यहरुमा दिपक श्रेष्ठ ,पुर्निमा श्रेष्ठ, अनिता राजकर्णिकार रहेका छन् ।





