ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ फागुन
२१ फागुनमा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्चस्व देखिएको छ । यो पार्टीले शनिवार मध्यान्न १२ बजेसम्म मुलुकभर ३४ सिटमा विजय हासिल गरिसकेको छ ।
(रास्वपा)का पार्टी सभापति रबी लामिछानेले ५४ हजार ४०२ मत ल्याएर चितवन २ बाट विजय हासिल गरिसकेका छन् । उनले चितवन २ बाट तेस्रो पटक बिजय हाँसिल गरेका हुन् ।
हालसम्म मुलुक भर ११८ सिटमा अग्रता कायम गरेको रास्वपाले ११८ मध्य ३० सिटमा विजय हासिल गरिसकेका छ ।
सुरुमा काठमाडौँ १ बाट (रास्वपा)की रञ्जु दर्शना (न्यौपाने)ले विजय प्राप्त गरेकी थिईन् । त्यसपछिबाट (रास्वपा)को विजयको लहर नै चलेको छ । हालसम्म विजय प्राप्त गरेको ३० सिटमा रुपन्देही ३बाट सुलभ खरेल, मोरङ ६ बाट रुबिना आचार्य, धनुषा ३ बाट मनिष झा, बारा ३ बाट अरबिन्द शाह, मोरङ ४ बाट सन्तोष राजबंशी, कास्की ३ बाट बिना गुरुङ, काठमाडौँ १० बाट प्रदीप बिष्ट, काठमाडौँ ९ बाट डोल प्रसाद अर्याल, महोत्तरी १ बाट प्रमोद कुमार महत्तो, काठमाडौँ २ बाट सुनिल केसी, भक्तपुर १ बाट रुकेश रंजित, बाँके १ बाट सुरेश कुमार चौधरी, कास्की २ बाट उत्तमप्रसाद पौडेल, काठमाडौँ ५ बाट सस्मित पोखरेल, बाँके ३ बाट खगेन्द्र सुनार, रुपन्देही ३ बाट डा. लेखजंग थापा, बारा ४ बाट रहबर अन्सारी रहेका छन् ।
यस्तै (रास्वपा)बाट विजयी हुने अन्य उम्मेदवारहरूमा स्याङ्जा १ बाट धनञ्जय रेग्मी, काठमाडौँ ४ बाट पुकार बम, काठमाडौँ ७ बाट गणेश पराजुली, रुपन्देही ४बाट कन्हैया बानियाँ, काठमाडौँ ६ बाट शिशिर खनाल, पर्सा १बाट बुद्धी प्रसाद पन्त, पर्वत १बाट सागर भुसाल, ललितपुर १बाट बुद्धरत्न महर्जन, काठमाडौँ ८ बाट बिराजभक्त श्रेष्ठ, बाग्लुङ १ बाट शुशिल खड्का, काठमाडौँ ३ बाट राजुनाथ पाण्डे, कैलाली १ बाट कोमल ज्ञवाली, बाग्लुङ २ बाट सोम शर्मा रहेका छन् ।
(रास्वपा)ले अझै मुलुक भर ८८ सिटमा अग्रता हासिल गरेको छ । यी ८५ सिट मध्य २/३ सिट बाहेक बाँकी अधिकांश ठाउँमा धेरै मतले अग्रता हासिल गरेको छ । सोही कारण रास्वपाले ११७ देखि ११८ सिट प्रत्यक्ष तर्फ जित्ने अहिले अवस्थाले देखाएको छ ।


