ब्युटी न्युज नेपाल
काठमाडौं, १७ बैशाख

अभिनेता बिजय लामाले अब फेरी नेपाल एयरलाइन्सको जहाज देश बिदेशमा उडान भर्ने भएका छन् । नेपाल बायुसेवा निगमका क्याप्टेन बिज यस अघि नेपाल बायुसेवा निगमका प्रवक्ता थिए । एउटा बिबादका कारण उनलाई उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा रोक लगाईएको थियो । दुई दिन अघि उनलाई सो पदबाट हटाइएपछि यी अभिनेतालाई उड्डयन प्राधिकरणले जहाज उडान गर्न दिने भएको छ ।

उनी केही दिनदेखि बिबादमा थिए । मुलत नेपाल बयाुसेवा निगमको बोर्डिङ जहाजलाई उनले उड्न नदिएको आरोप लागेको थियो । सोही प्रकरणमा उनीसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण मागेको थियो । तर त्यसको जवाफ उनले चित्तबुझ्दो नदिएको र यसलाई बिबादास्पद बनाएको भन्दै यी अभिनेता क्याप्टेनलाई प्राधिकरणले जहाज उडानमा रोक लगाएको हो । क्याप्टेन लामाले वायुसेवा निगमको प्रवक्ता पदबाट राजिनामा नदिएसम्म उडान भर्न नदिने निर्णय प्राधिकरणले गरेको थियो ।

एक दक्ष क्याप्टेनले जहाज उडान गर्न नपाउँनु उपयुक्त नुहने भन्दै लामालाई प्रवक्ता पदबाट मुक्त गर्नु परेको नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताएका छन् । खरेलका अनुसार क्याप्टेन लामालाई प्रवक्ता पदबाट नहाएमा उनको उडान लाईसेन्स प्राधिकरणले निलम्बन गर्ने चेतावनी समेत दिएको थियो । जसका कारण पनि क्याप्टेन लामालाई प्रवक्ताबाट मुक्त गर्नु परेको निगमको कथन छ ।