डब्बु क्षत्री, लक्ष्मण सुवेदी र सबी कार्की पुरस्कृत


ब्युटी न्युज नेपाल

काठमाडौं, २९ चैत

‘नयाँ वर्षलाई स्वागत तथा पुरानो वर्षलाई बिदाई’ नारासहित बक्स अफिस फिल्म क्बलले चलचित्र विकाश बोर्डको कार्यालयमा बिहिबार ‘बक्स अफिस अग्रज चलचित्र पत्रकारिता पुरस्कार–२०७५’ र ‘बक्स अफिस ब्लक बस्टर फिल्म अवार्ड–२०७५’ प्रदान गरेको छ ।

चलचित्र पत्रकारितामा दुई दशकभन्दा लामो योगदान दिएको भन्दै सो कार्यक्रममा राजधानी दैनिकका डब्बु क्षत्री, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी र इन्डिजिनियर टिभीकी पत्रकार सवि कार्कीलाई प्रदान ‘बक्स अफिस अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत गरियो ।

बक्स अफिस फिल्म क्बलले जनही ११ हजार १ सय ११ रुपैयाँसहित सो पुरस्कार प्रदान गरेको हो । आयोजक संस्थाका अध्यक्ष आर के सुवेदीले क्षत्री सहितको पत्रकारहरुको चलचित्र पत्रकारितामा लामो योगदान रहेकाले यो पुरस्कार प्रदान गरिएको बताए ।

सोही कार्यक्रममा यो वर्षका एक दर्जन ब्यबसायिक सफल फिल्मलाई ‘बक्स अफिस ब्लक बस्टर फिल्म अवार्ड–२०७५’ प्रदान गरियो । यो वर्ष ब्यबसायिक सफल भएको भनिएका चलचित्र छक्का पन्जा–३, जय भोले, लिली बिली,  बोबी, नाइ नभन्नु ल–५, कायरा, इन्टुमिन्टु लन्डनमा, भैरे, रामकहानी, चंगाचेट, प्रसाद र क्याप्टेनलाई ब्लक बस्टर फिल्म अवार्ड २०७५ प्रदान गरिएको हो ।

यी चलचित्रले ब्यबसयिक सफलता हाँसिल गरेकाले ब्लक बस्टर बक्स अफिस अवार्ड प्रदान गरिएको आयोजक तथा पत्रकार आरके सुवेदीले बताए ।

नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्लेले महँगा बिदेशी सिनेमालाई अनियन्त्रित रुपमा कौडीको भाउमा नेपालमा भित्राएर नेपाली चलचित्र उधोगलाई नै धरासाई बनाउने कार्य भईरहेको बताए । यसका लागि बोर्डले बिदेशी सिनेमालाई नेपालमा कोटा प्रणालीबाट ल्याउनु पर्ने बताए ।

आयोजित कार्यक्रममा बोल्दै चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले निकै सस्तो मूल्यमा हप्तामा पाँच ओटासम्म बिदेशी सिनेमा नेपालमा ल्याई रिलिज गरिएको तर्फ बोर्डको ध्यान आकषर्ण भएको बताए । नेपाली सिनेमा उधोगलाई डुबाएर बिदेशी फिल्मको प्रोत्साहन  गर्ने यो अभियानलाई नीतिबाटै नियन्त्रण गर्ने तयारी भईरहेको पनि उनले बताए ।