अनमोललाई कडा सुरक्षा, कोबाट हुँदैछ थ्रेट ?


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

अभिनेता अनमोल केसी लामो समयपछि बिहिबार सञ्चारकर्मीमाझ आए । अघिल्लो चलचित्र छड्के दुई व्यबसायिक असफल भएपछि उनी यो १४ महिना यता मिडियाकर्मीमाझ आएका थिएनन. । उनी यतिबेला चलचित्र ‘फर्की फर्की’को ट्रेलर रिलिज कार्यक्रमका लागि सञ्चारकर्मीमाझ आएका हुन् । लामो समयपछि सञ्चारकर्मीमाझ आएका उनी यसपटक सेक्युरिटी गार्डका साथ आएका थिए ।

काठमाडौंको बिग मूभिजमा आयोजना गरिएको फर्की फर्कीको ट्रेलर रिलिज कार्यक्रममा आएका उनलाई पाकिङबाट भने सुरक्षा गार्डद्धारा सुरक्षा दिईएको थियो । उनी कार्यक्रम अवधिभर हलमा बस्दा समेत अनमोलको वरीपरी सुरक्षा गार्डहरु घुमिरहेका थिए ।
पत्रकार सम्मेलनमा आउँदा कार्यक्रम स्थलभित्र अनमोललाई बडीगार्डले दिएको सुरक्षालाई भने यसपटक सञ्चारकर्मीले टिप्पणी गरे । धेरैको प्रश्न थियो,‘अनमोल केसीलाई पत्रकार सम्मेलनमा कोबाट असुरक्षा रहेको छ र उनलाई यसरी सुरक्षा दिनु परेको हो । आखिर सञ्चारकर्मीले त उनीलाई त्यस्तै भौतिक क्षति पक्कै पनि पुर्याउँदैनन थिए होला ।’

फिल्म हलमा तथा सार्वजनिक स्थिलमा प्रसँसकहरुले घेरेर सेल्फी र अटोग्राफको लागि वाक्क पार्ने भएकाले त्यस्तो ठाउँमा सेक्युरिडी गार्डले सुरक्षा दिनुलाई स्वभाविकै मान्न सकिन्छ । तर सँधै भेट भईरहने आफनै परिवारका सदस्य जस्तो बनेका चलचित्र पत्रकारसँग आफ्नै फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पनि कडा सुरक्षा दिनुलाई भने चलचित्र पत्रकारले देखाबटी सुरक्षाको उपमा दिए ।

अनमोललाई वरिपरीबाट बडिगार्डले घेरेर सुरक्षा दिनुको कारणबारे केही सञ्चारकर्मी सो कार्यक्रम स्थलमा यसरी व्यँग्य गर्दै थिए,‘अनमोल केसीले धेरै निर्माताको फिल्म खेल्छु भनेर हस्ताक्षर गरेर उनीहरुको फिल्म खेलेका छैनन् । सायद उनीहरुबाट थ्रेट हुने भएकाले पत्रकार सम्मेलनमा पनि सेक्युरिटी दिनु परेको होला नी ?’ यसको जवाफ भने की अभिनेता अनमोलसँग छ की त चलचित्र फर्की फर्कीका निर्माण पक्षसँगै होला ।